शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५०० डलरबाट व्यवसाय शुरु गरेर अर्बपति बनेकी  महिलाको सफलताको कथा

बिहीबार, ३१ जेठ २०७५, ११ : २१
बिहीबार, ३१ जेठ २०७५

टेक्सास–गर्भको आखिरी दिनहरुमा केन्ड्रा स्कटलाई आराम गर्न सल्लाह दिइएको थियो ।

त्यही समय उनलाई व्यबसाय गर्ने सोच आएको थियो । आफ्नो पहिलो बच्चा जन्मने पर्खाईमा आफ्नो कोठामा आराम गरिरहदा उनले गहना डिजाइन गर्न शुरु गरिन् ।

२८ वर्षको उमेरमा व्यबसाय शुरु गर्ने सोच आउदाँ उनीसँग जम्मा ५०० डलर थियो । यत्ति रकमबाट उनले ब्यबसाय शुरु गर्ने कोसिस गरिन् ।
घर–घर पुगेर बेचिन गहना
छोरा जन्मेपछि स्कटले बाहिर निस्किएर इयररिङ्ग र अन्य आभूषण बेच्न शुरु गर्ने निर्णय गरिन् ।

हाल ४४ वर्षकी स्कट भन्छिन्, “जब मैले आफ्नो पहिलो संकलन तयार गरें तब बच्चालाई बेल्टको सहायताले बाधेंर स्याम्पलहरु लिएर निस्किएँ ।”

“आफ्ना स्याम्पलहरु बेच्नको लागि घर घर गएँ । पहिलो दिनमै मैले सम्पूर्ण सामान बेचिसकें र त्यहीँबाट मेरो व्यापार शुरु भयो  ।”

सन् २०१७ मा उनी फोब्स पत्रिकाको अमेरिकाको सबैभन्दा धनी महिलाहरुको सुचिमा टेलर स्वीफ्ट र बियोन्सेभन्दा माथि ३६ औ स्थानमा थिइन् ।

परिवारमा घटेको दुर्घटनाबाट व्यबसाय गर्न प्रेरित
स्कटको जन्म विस्कन्सनमा भएको थियो । उनी त्यहीँ हुर्किइन् र १८ वर्षको उमेरमा विश्वविद्यालयका लागि टेक्सास गइन् । तर उनले एक वर्ष मात्र पढेर विश्वविद्यालय छाडिदिइन् ।
यसपछि लगभग एक दशकसम्म उनले आफ्नो व्यबसाय फैलाइन् । शुरुमा उनले क्यान्सरको किमोथेरापी दिएपछि आराम दिने खालको आरामदायी टोपी बनाइन् ।
स्कटले यो व्यबसाय आफ्नै परिवारमा परेको एक घटनाबाट प्रेरित भएर शुरु गरेकी थिइन् । उनको पितालाई क्यान्सर लागेको थियो । उनले आफ्नो पिताले झेलेको पीडा देखेकी थिइन् । स्कटले व्यबसायबाट भएको फाइदाको एक हिस्सा स्थानीय एक अस्पतालमा दान दिएकी थिइन् ।

गहना व्व्यवसायमा आउनुको कारण
स्कटको भनाईमा गहना व्यबसाय शुरु गर्ने विचार उनीमा तब आयो जब उनले बजारमा रहेका गहनाहरुको गुणस्तरबीच निक्कै ठूलो अन्तर रहेको पाइन् । बजारमा या त निक्कै महङ्गा गहना थिए या त सस्तो खालको । उनले यसको बीचको बाटो निकाल्ने कोशिश गरिन् ।

यसको लागि उनले एक योजना बनाइन् । उनले मणि या पत्थरको राम्रो गुणस्तरको गहना बनाउने सोचिन् । यस्तोमा यसलाई किन्न चाहने महिलाहरुले कम मुल्यमा नै गहना किन्न सक्ने भए ।
उनी भन्छिन् “सबै महिलाहरु सुन्दर देखिन चाहन्छन् । महिलाको सम्पन्नताले यसमा केही फरक पर्दैन ।”

शुरुवाती समयमा उनले गहनाहरु थोक रुपमा मात्र बेचिन् । उनले आफ्नै विक्री केन्द्र खोलिनन् । बरु अरु पसलहरुमा आपुर्ती गरिन् । केन्ड्रा स्कटको डिजाइन विस्तारै विस्तारै अघि बढ्यो तर कहिल्यै पनि रोकिएन ।

स्कटका अनुसार उनको टिममा राम्रो मानिसहरु सामेल भएकाले पनि उनलाई निक्कै साहस पाइन् । कयैन मानिसहरुले आफ्नै जिन्दगीमा अफ्ठ्यारो हुदाँ हुदै पनि उनलाई मद्दत गरे । 

उनी भन्छिन् “मेरो सम्पूर्ण ध्यान अनुभवी व्यक्तिहरुको समूह बनाउनेमा थियो जसले व्यवसाय बढाउन मलाई मद्दत गर्न सकुन् । मेरो कर्मचारीहरुमा सुरुका सात महिलाहरु आज पनि मसँगै छन् ।”
उनको पहिलो विवाह दोश्रो बच्चाको जन्मसँगै टुट्यो । तर उनी एक्लै अघि बढिरहिन् ।

सन् २०१० मा यो खुद्रा व्यबसाय कम्पनीमा बदलियो । यसको पहिलो शाखा आस्टिनमा खोलियो । स्कटका अनुसार व्यबसायको हिसाबले यो निक्कै बलियो समय थियो । उनी आफ्नो गहना स्टोर अरु स्टोरभन्दा फरक हुनेमा विश्वस्त थिइन् ।

आज पुरै अमेरिकामा उनको व्यवसाय फैलिएको छ । उनको ८० खुद्रा स्टोरहरु छन् । यसकासाथै उनको थप एक वेबसाइट पनि छ जसले विश्वभर गहनाको माग पु¥याउने गर्छ ।
उनको कम्पनीमा हाल २००० कर्मचारी काम गर्छन् । त्यसमध्य ९६% महिला छन् । यस कम्पनीले हाल लगानी कम्पनीहरुको पनि साथ पाएको छ । 

एक्सेसरीज काउन्सिलका प्रमुख गिबर्सन भन्छन् “केन्ड्रा हाम्रो उद्योगमा एकदम विशेष छिन् । उनलाई टे«ण्ड बारे विशेष जानकारी छ । यदी तपाईले उनलाई हेर्नु भयो भने अरु कम्पनी संघर्ष गर्नुपर्दा उनको कम्पनीले किन तहल्का मच्चाइरहेको छ भन्ने थाहा पाउनुहुन्छ ।”


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप