शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४ वटा नेपाली च्यानलबाट  विश्व कपको लाइभ प्रसारण

बिहीबार, ३१ जेठ २०७५, ११ : ५८
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– फिफा विश्व कप २०१८ को आधिकारीक टेलिभिजन प्रशारण साझेदार  मिडिया हबले नेपाली ४ वटा नेपाली च्यानलबाट  फिफा विश्व कप खेलको प्रत्यक्ष प्रसारण हुने जनाएको छ ।  मिडिया हबले यो सुबिधा ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ । 

फुटबलको उन्माद संसार भरी बढिरहेको समयमा फिफा विश्व कप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसबाट विश्व कप प्रसारण गर्नेछ । 

यो प्रशारणमा अर्घाखाँची सिमेन्ट, बजाज पल्सर एन.एस. २००, कोका कोला र राईनो ५०० डिक, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र जुपिटर क्लासिकको साथ तथा साझेदारी रहेको छ ।

यस्तै  हिमस्टार एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को समेतको प्रसारणमा समर्थन रहेको मिडिया हबका कार्यकारी निर्देशक श्रीमान सोम धितालले बताए । 

उनले भने, “लामो समय देखि फिफा विश्व कपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छांै । फिफा विश्व कप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।” 

विश्वकप बिहिबारदेखि रसियामा सुरु हुँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप