शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संघ र वाईसियल एकता अन्तिम चरणमा, के होला नाम ?

बिहीबार, ३१ जेठ २०७५, १२ : २६
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– नवगठित नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन युवा संघ, नेपाल र वाईसियल, नेपालले एक हप्ता भित्र एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको छ । 

तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाईसियल, नेपालको एकता कार्यदलको बिहिबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ता भित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो । 

एक हप्ता भित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भईरहेको वाईसियल नेपालका अध्यक्ष दिपशिखाले जानकारी दिए ।

कार्यदलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ । 

अध्यक्षशिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको पनि बताए । 

दुवै संगठनको बुधबार बसेको उच्च स्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्य दललाई दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विहिबार वाईसियल नेपालको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्य दलले एकीकरणको समग्र विषयमा छलफल सुरु गरेको हो ।

 एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा आम सहमति हुने वाईसियल, नेपालको दावी छ । तर, युवा संघ, नेपालले भने युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने कतिपयको भनाई छ । 

दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप