शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी पहाडी जिल्लामा बाढी आउन सक्ने

बिहीबार, ३१ जेठ २०७५, १२ : ३०
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– पूर्वी पहाडी जिल्लाका स–साना खोलामा बिहीबार आकस्मिक बाढी आउनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 विभागले बिहीबार एक बुलेटिन प्रकाशित गरी आजबाट तीनदिनको मौसम र बाढीबारे जानकारी दिएको हो । 

बिहीबार ओखलढुङगा, दोलखा, ताप्लेजुङ, तेह्रथुम, इलाम संखुवासभालगायतका जिल्लाका साना खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको बुलेटिनमा देशका प्रमुख तथा ठुला नदीहरुमा भने पानीको सतह सामान्य रहने उल्लेख छ । त्यस्तै शुक्रबार कोसी, वागमती, नारायाणी,पश्चिम राप्ती, बबई, कर्णाली लगायतका नदीमा बाढी आउने सम्भावना नरहेको जनाइएको छ । 

विभागले पुर्वी पहाडी जिल्लाका ससाना नदी आसपासका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप