बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बहिनीले नशाले मातेका बेला पोस्ट गरिदिइन् नग्न भिडियो’

बिहीबार, ३१ जेठ २०७५, १३ : ०७
बिहीबार, ३१ जेठ २०७५

टेलिभिजन नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सारा खानको एक इन्स्टाग्राम स्टोरीले खैलाबैला मच्चाएको छ ।

यसमा उनी बाथटबमा नग्न देखिएकी थिइन् जुन उनकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।

त्यसपछि सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि उक्त भिडियो तुरुन्त हटाइएको थियो । यस घटनाबारे साराले भनेकी छिन्, ‘यो हिजो रातीको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् । मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । यद्यपी, उक्त लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।

 

Hey there 🙋🏻 . . . #vacayyyy

A post shared by Ayra Khan (@immacoolgirll) on

सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप