शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसियाली राजनीतिज्ञले भनिन् - विश्वकपको समयमा फरक नश्लका पुरुषसँग यौन सम्पर्क नगर्नू

बिहीबार, ३१ जेठ २०७५, १४ : १२
बिहीबार, ३१ जेठ २०७५

मस्को–रसियाकी एक वरिष्ठ सांसदले रसियाली महिलाहरुलाई विश्वकपको समयमा गैर–गोरा विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नबाट टाढा रहन आह्वान गरेकी छिन् । ती राजनीतिज्ञले यस कार्यले महिलाहरुलाई मिश्रित नश्लको बच्चाको एकल आमा बनाउन सक्छ भनेर सतर्क गराइन् । 

संसदको परिवार, महिला र बालबच्चा समितिका प्रमुख तमारा प्लेतनीओभाले रसियाली महिलाहरुले विदेशीसँग विवाह भएको अवस्थामा पनि सम्बन्ध कुनै दिन नराम्रो हिसाबले अन्त्य हुने बताइन् । 
“ धेरैजसो अवस्थामा महिलाहरु विदेश वा रसियामै अलपत्र पारिन्छन् । उनी आफ्ना बच्चासँग रसियामै एकल जीवन बिताउनु पर्छ ।” उनले भनिन् ।

तमाराले यो कुरा बुधबार एक रेडियो स्टेशनले कथित ‘चिल्ड्रेन अफ ओलम्पिक’ बारे प्रश्न गर्दा भनेकी थिइन् । सन् १९८० मा रसियामा भएको ओलम्मिकपपछि जन्मिएका मिश्रित जातिका बच्चाहरुलाई ‘चिल्डेन अफ ओलम्पिक’ भनेर चिनिन्छ । अस्थाई साधनको प्रयोगमा व्यापकता नआइसकेको त्यो समयमा रसियाली महिलाहरु र अफ्रिका, ल्याटिन अमेरिका वा एशियाबाट आएका पुरुषबीचको सम्बन्धबाट बच्चाहरु जन्मिएका थिए । उनीहरुले पछि रसियामा विभेद झेल्नु प-यो ।

“यी मिश्रित नश्लका बच्चाहरुले त्यो समय र अहिले पनि अफ्ठ्यारो झेलिरहेका छन् ।” प्लेतनीओभाले गोभोरित मोस्क्भा रेडियो स्टेशनसँगको कुराकानीमा भनिन् ।
“एउटै नश्लका छन् भने एउटा कुरा हो तर यदी उनीहरु फरक नश्लका रहेछन् भने एक दकदमै फरक कुरा हो । म राष्ट्रवादी त होइन तर मैले ती बच्चाहरुले दुःख पाएको देखेको छु , कुरा त्यति हो । उनी यहाँ आफ्ना आमासँगै छाडिए,” उनले भनिन् ।

प्लेतनीओभाले खासमा आफूले रसियाली नागरिकले जाति हेरेर भन्दा पनि प्रेमको आधारमा विवाह गरुन् भन्ने चाहेको बताइन् ।

केही अघि अर्का एक सांसदले विश्वकपको क्रममा विदेशी पाउनाले रसियमा भाइरस भित्राउन सक्ने डर व्यक्त गरेका थिए ।

विश्वकपमा सहभागी रहेका रसियाबाहेकका ३१ देशका लाखौं फुटबल समर्थकहरु रसियामा हुन लागेको विश्वकपमा आइरहेका छन् । विश्वकप आज बिहिबार शुरु हुदैंछ ।
फिफा र रसियाली खेल आयोजकहरुले प्लेतनीओभाको यो टिप्पणीबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।

प्लेतनीओभा एक सानो पार्टी केपीआरएफ कम्युनिष्ट पार्टीकी सांसद हुन् । उनको पार्टीले अधिकाशं मुद्धामा पुटिनलाई समर्थन गर्ने गर्छ ।

रसियालीहरु रुसको मुख्य जाति हुन् तथापी यो देशमा दर्जन जति अल्पसङ्ख्या समूह रहेका छन् । यसका अतिरित्त यो देशमा केन्द्रिय एशिया र दक्षिणी ककेससक्षेत्रबाट ठूलो सङ्ख्यामा आप्रबासीहरु श्रम गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप