बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी

बिहीबार, ३१ जेठ २०७५, १६ : ४४
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं । ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन यूथ सार्वजनिक गर्ने घोषणा गरेको छ । 

यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी  २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ । जानकारीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो । 

 ‘उपभोक्ताका माग र आवश्यकताको सम्बोधन गर्नु ओपोमा हाम्रा लागि सँधै प्राथमिकताको विषयका रुपमा रहँदै आएको छ । ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले यूवा लक्षित निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिकका लागि हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो । यही मागलाई दृष्टिगत गर्दै हामीले निकट भविष्यमै एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेन यूथ सार्वजनिक गर्दै छौँ । नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन निकै आकर्षक मुल्यमा उपलब्ध गराउने हाम्रो योजना रहेको छ । विगतमा हाम्रा पछिल्ला फोनलाई झैँ एफसेवेन यूथलाई पनि उत्तिकै मायाँ तथा सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ । ’, सार्वजनिक योजनाका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
ओपो एफसेवेन यूथमा उपलब्ध हुने केही प्रमुख फिचर्सः
–नयाँ एआई २.० ब्यूटी प्रविधि
–नयाँ डायमण्ड ब्ल्याक डिजाइन
–सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ
–शक्तिशाली कार्य सम्पादन क्षमता
–नयाँ कलरओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली 

कम्पनीले जुन–२०१८ भित्रै फोन सार्वजनिक गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप