शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा फेरि दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु

बिहीबार, ३१ जेठ २०७५, २१ : २८
बिहीबार, ३१ जेठ २०७५

भक्तपुर । स्थानीय सल्लाघारीमा आज भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । 

नयाँ ठिमीबाट सल्लाघारीतर्फ जाने क्रममा सडकका रहेको चौपायासँग ठोक्किनबाट जोगिन खोज्दा बा ५५ प २५२७ नं को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक गुल्मी घर भई भक्तपुर बस्दै आएका १८ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिषर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार बागलुङ घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप