बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दातृ निकायको सहयोग भौतिक पूर्वाधारमा हुनुपर्छ : नेता शर्मा

बिहीबार, ३१ जेठ २०७५, २२ : १०
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं ।  राष्ट्रियसभामा नेकपाबाट संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘दातृ निकायले हामीलाई प्रशिक्षणका लागि नै सहयोग गर्न जरुरी छैन । संसद् भवन निर्माण गरिदिए हुन्छ । सांसदको लागि आवास बनाइदिए हुन्छ ।’’

नेता शर्माले स–साना काममा सांसदलाई विदेशमा पठाउन र कार्यक्रममा नबोलाउन समेत आग्रह गरे । 

उनले नेपालको समृद्धिका लागि चीन र भारतबाट सहयोग लिनुपर्नेमा जोड दिए ।
 
उनले अहिले ती दुई पार्टीबीच एकता भइसकेकाले निर्वाचित भएका सभामुख र उपसभामुख स्वतन्त्र भएकाले राजीनामा दिन नपर्ने बताए । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल बनाउनुपर्ने बताए । 

उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने बताए । अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि अहिलेकै ढाँचामा देशको विकास नहुने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप