शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फाइभ स्टार’ रसियालाई राहत : साउदीमाथि शानदार जीत

बिहीबार, ३१ जेठ २०७५, २२ : ४९
बिहीबार, ३१ जेठ २०७५

काठमाडौँ । विश्वकप फुटबलको पहिलो खेलअघिसम्म फिफा बरियतालाई आधार मान्ने हो भने रसिया प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेको थियो । यसअघिका आधा दर्जन खेलभन्दा बढी जीतविहीन रहेको थियो । जसले गर्दा टोली निरन्तर आलोचनाका कारण दबाबमा थियो ।

तर, आयोजक राष्ट्रले तथ्याङ्क विपरित विश्वकपको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को शानदार जीत निकालेको छ ।

रसियाले खेलको १२ औँ मिनेटमा नै अग्रता लिएको थियो । अलेक्सान्डर गोलोभिनको पासमा गोल गर्दै युरी गजिनसकी यस विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

त्यसपछि खेलमा साउदी अरेबियाले नियन्त्रण राखे पनि विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन ।

काउन्टर अट्याकिङ खेल प्रदर्शन गरेको रसियाले यसको फाइदा उठाउँदै खेलको ४३ औँ मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो । डेनिस चेरसेभको उक्त गोल कुनै पनि सब्सटिच्युडले विश्वकपको उद्घाटन खेलमा गरेको पहिलो गोल थियो । 

खेलको दोस्रो हाफमा पनि साउदी अरेबियाले रसियामाथि दबाब कायम राखे पनि पोष्टमा सफल आक्रमण गर्न सकेन ।

बलमा ६० प्रतिशतभन्दा बढी नियन्त्रणमा राखे पनि निकै आक्रामक टोली मानिने साउदी अरेबियाले विपक्षीको पोष्टमा प्रहार लक्षित नै गर्न सकेन ।

खेलको ७१ औँ मिनेटमा आर्तेम जुबाले गोल गर्दै रसियाको अग्रता फराकिलो  बताए । उनी अतिरिक्त खेलको रुपमा मैदानमा प्रवेश गर्ने बित्तिकै टोलीका लागि गोल गरेका थिए ।

खेलको ९० मिनेटपछि इन्जुरी समयमा साउदीले थप दुई गोल खानपुग्यो । चेरसेभले खेलमा व्यक्तिगत दोस्रो गोल गरे भने अलेक्सान्डर गोलोभिनले खेलको अन्त्यमा फ्रिककबाट अर्को गोल थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप