बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्टार्टिकाको बरफको च्यादर पहिलेभन्दा तीन गुणाको दरले पग्लिरहेको छ : अध्ययन

शुक्रबार, ०१ असार २०७५, ११ : ४२
शुक्रबार, ०१ असार २०७५

एजेन्सी । अन्र्टाटिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । सन् १९९२ यता अन्र्टाटिकाको लगभग ३० खर्ब टन बरफ पग्लिसकेको छ । यो कुरा अन्तर्राष्ट्रिय बरफ विज्ञहरूको एक समूहले गरेको नयाँ अध्ययनबाट देखिएको हो ।

पछिल्लो २५ वर्षमा यो महादेशको सुदूर दक्षिणी भागमा रहेको हिउँको च्यादर नेपालभन्दा छ गुणा ठूलो भूभाग क्षेत्रलाई १३ फिटको उचाइसम्म ढाक्ने पानी आउने गरी पग्लिसकेको वैज्ञानिकहरूले बताएका छन् ।

यो पग्लाइले विश्वभरीको समुद्रको सतहलाई ७.६ मिलिलिटर वृद्धि गरेको छ । 

सन् १९९२ देखि २०११ सम्म अन्र्टाटिकाले प्रतिवर्ष लगभग ८४ अर्ब टन बरफ गुमायो । सन् २०१२ देखि २०१७ बीचको समयमा यो पग्लाइ दर बढेर २४१ अर्ब टन प्रतिवर्ष भयो । यो अध्ययन बुधबार वैज्ञानिक पेपर छापिने सबैभन्दा प्रतिष्ठित म्यागजिन नेचरमा प्रकाशन भएको छ ।

“मलाई लाग्छ, हामीहरू चिन्तित हुनुपर्छ । त्यसको मतलब हामी व्यग्र हुनुपर्छ भन्ने होइन,” क्यालिफोर्निया विश्वविद्यालयकी प्रध्यापक र उक्त आलेखको ८८ जनामध्य एक लेखिका इसाबेला भेलिकोग्नाले भनिन् । “घटना घटिरहेका छन् । ती हामीले अनुमान गरेको भन्दा तीव्र गतिमा भइरहेको छ ।”

“बढी पग्लाई भइएको अन्र्टाटिकाको पश्चिमी भागको हिस्सा लगभग पूरै नष्ट भएर जाने अवस्थामा छ ।” युनिभरसिटी अफ वासिन्टनकी प्रध्यापक र उक्त आलेखकी सहलेखक इयान जोउझिनले भने ।
यो अध्ययन नासा र युरोपेली स्पेस एजेन्सीका वैज्ञानिकहरूको समूहले प्रत्येक केही वर्षमा गरिने विश्लेषणमा पर्छ । यो यस्तो खाले दोस्रो विश्लेषण हो । उनीहरूको लक्ष्य ग्रिनल्यान्ड र अन्टार्टिकामा रहेको विश्वको सबैभन्दा खतरामा रहेको बरफको च्यादरमा के भइरहेको छ भन्ने सबैभन्दा विस्तृत अवलोकन निकाल्नु थियो ।

एउटै मापन विधि प्रयोग गर्नुको साटो यो अध्ययन गर्ने समूहले १० देखि १५ वटा भूउपग्रह प्रयोग गरेर २४ तरिकाले बरफको गुमाइको अध्ययन गरेका थिए । भूउपग्रहको अतिरिक्त यसमा स्थल र हवाई तरिकाद्ववारा पनि मापन गरिएको थियो ।

अन्र्टाटिकामा हुने बरफ पग्लाइले मात्र यो शताब्दीको अन्त्यसम्म विश्वको समुद्रको सतहमा १६ सेन्टिमिटरले वृद्धि गराउने सम्भावना रहेको छ । अन्र्टाटिकाको अतिरिक्त विश्वको अन्य क्षेत्रमा रहेको हिउँ पनि पग्लिरहेको छ । विशेष ग्रिनल्यान्डको हिउँको च्यादर पनि घटिरहेको छ र फेरि न्यान्यो पानी चिसो पानीभन्दा बढी फैलिने गर्छ ।

“प्राकृतिक अवस्थामा हिउँको च्यादर पग्लिने गर्दैन । मौसम परिवर्तनबाहेक यसको पछाडि अन्य कारण छैन ।” बेलायतस्थित युनिभर्सिटी अफ लिड्स प्रध्यापक तथा नेचरमा प्रकाशित भएको आलेखका मुख्य लेखक एन्ड्यु सेपहर्डले भने ।

“जुन शक्तिले यो परिवर्तन गराइरहेको छ, उनीहरूलाई पनि न्यानो वातावरणले कुनै फाइदा गर्ने छैन ।” युनिभर्सिटी अफ कोलोराडोका बरफ वैज्ञानिक तथा नासाका पूर्ववैज्ञानिक वालिद अब्दालटीले भने ।
अन्र्टाटिकामा मुख्यतः न्यानो पानीले पग्लाइलाई सहयोग गरिरहेको छ । तैरिरहेको बरफको छेउबाट न्यानो पानीले बरफलाई खियाउँदै लान्छ । 

दक्षिणी महासागर (अन्र्टाटिका महासागर)को न्यानोपन हावाको परिवर्तनसँग जोडिएको छ र सेपहर्डका अनुसार यसको सम्बन्ध कोइला, तेल र प्राकृतिक ग्यासको जलनका कारण भएको परिवर्तनसँग जोडिएको छ ।

पछिल्लो समय भएको पग्लाइको ७०% हिस्सा पश्चिम अन्र्टाटिकामा भएको छ ।

यो अध्ययनमा सहभागी नरहेकी नेसनल स्नो एन्ड आइस डाटा सेन्टरकी अनुसन्धान वैज्ञानिक ट्विला मुनले भनिन्– “अवस्था निक्कै डरलाग्दो छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप