बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका त्यस्ता गीत जसमा करोडौं रकम पानी सरी बगाइयो, पत्याउनै मुश्किल

बिहीबार, २९ असार २०७४, ११ : ५४
बिहीबार, २९ असार २०७४

बीबीसी

शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भइसकेको छ ।

यसको गीत डोला रे डोला निकै चर्चित रह्यो र यसको छायांकन पनि निकै रुचाइयो ।

यसका लागि फिल्मका निर्देशक संजय लिला भंसालीले भव्य सेट लगाएका थिए । यो गीतलाई हिन्दी सिनेमाको सबैभन्दा महँगो गीतमध्येको एक मानिन्छ ।

फिल्मकी कोरियोग्राफर सरोज खानका अनुसार गीतको सुटिङमा करिब २.५ करोड रुपैयाँ खर्च गरियो ।

सरोज खान भन्छिन्, ‘यो गीतलाई मैले नटवरी स्टाइलमा छायांकन गरे किनभने यो गीत दुर्गा पूजासँग सम्बन्धित थियो । हामीलाई १३ दिन लागेको थियो । तर यो गीतमा ठूल्ठूला डान्स ग्रुप थिए साथै लुगा निकै महँगा थिए । भारी साडी र गहनामा डान्स गर्न सुरुमा माधुरी र ऐश्वर्या दुबैले आनाकानी गरिरहेका थिए तर पछि दुबैले भरपुर मेहनत गरेर गीतलाई उत्कृष्ट बनाए ।’

यसका साथै हिन्दी फिल्मका थुप्रै गीत छन् जसलाई छायांकन गर्न पैसालाई पानी सरह बगाइयो ।

१. मलंग (धूम थ्री): फिल्म जानकारका अनुसार धूम थ्रीको गीत ‘मलंग’ माथि करिब पाँच करोड भारु खर्च भयो ।

आमिर खान र कट्रिना कैफमाथि छायांकन गरिएको यो गीतका लागि २ सय विदेशी जिम्नास्ट बोलाइएको थियो ।

२. था करके (गोलमाल)ः रोहित शेट्टीको ‘गोलमाल टु’ को गीत ‘था करके’ मा १० विलासी कारलाई उडाइएको थियो ।

गीतमा १ हजार डान्सरका साथै २ सय ट्रेन्ड फाइटरलाई पनि बोलाइयो । गीतलाई मुम्बईमा नै १२ दिनको लगातार सुटिङ गरेर छायांकन गरियो ।

३. जब प्यार किया तो डरना क्याः सन् १९६० मा रिलिज भएको निर्देशक आसिफको फिल्म ‘मुगल–ए–आजम’ को गीत जब प्यार किया तो डरना क्याका लागि शीशमहलको सेट लगाइएको थियो ।

शीशमहलको हूबहू रेप्लिका बनाउनमा दुई वर्ष लागेको थियो ।

फिल्म इतिहासका जानकारका अनुसार १ सय ५० फिट लामो र ८० फिट चौडा यो महल बनाउनमा अन्य फिल्मको बजेटभन्दा धेरै पैसा लागेको थियो ।

फिल्मका लागि बेल्जियमबाट मगाइएको विशेष प्रकारको सीसाको प्रयोग गरियो ।

रोचक कुरा के छ भने मुगल–ए–आजम एक श्यामश्वेत फिल्म थियो तर यो गीतलाई टेक्नी कलरमा छायांकन गरियो ।

फिल्म विशेषज्ञका अनुसार अहिलेको समयमा यो गीतलाई छायांकन गरिए करिब २.५ करोड रुपैयाँ लाग्थ्यो ।

३. प्रेम रतन धन पायो (शीर्ष गीत): फिल्म ‘मुगल–एक आजम’ को शीशमहलजस्तै सेट ‘प्रेम रतन धन पायो’ का लागि तयार गरिएको थियो जसलाई लगभग ३ सयले मिलेर बनाएका थिए ।

फिल्मको यसै सेटमा फिल्मको शीर्ष गीत पनि छायांकन गरिएको थियो । यो सेटका लागि निर्माता निर्देशक सूरज बडजात्याले करिब साढे दुई करोड भारु खर्च गरे ।

सेट डिजाइनर नितिन देसाइले भने, ‘हामीले सेट बनाउनका लागि ३ सय मजदुर खटायौं तरपनि ५–६ महिना लाग्यो ।’

५. हंस गीत (बाहुबली–टु) – गीत प्रभाष र अनुष्का शेट्टीमाथि छायांकन गरियो जहाँ हाँसको आकारको काठको सेट तयार गरियो ।

फिल्मका कम्प्युटर ग्राफिक्समा काम गर्ने मकुटा आर्टसको भिएफएक्स हेड धुरा बाबू भन्छन्, ‘यो गीतका लागि हाँसको आकारको काठको सेट र सिढिँ बनाइएको थियो । अरु धेरैजसो काम  कम्प्युटर ग्राफिक्सको मद्दतले गरियो जुन वास्तविक सेटको तुलनामा अत्यधिक महँगो हुन्छ ।

गीतमा करिब डेढ करोड भारु खर्च भयो ।

Photo credit: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप