शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको अफर लत्याउँदै ग्रिजमान एथ्लेटिकोमै रहने

शुक्रबार, ०१ असार २०७५, १५ : ३१
शुक्रबार, ०१ असार २०७५

एजेन्सी । बार्सिलेनाको अफरका बावजुद एथ्लेटिको म्याड्रिडका स्टार एन्टोनियो ग्रिजमान एथ्लेटिको म्याड्रिडमा रहने भएका छन् ।

फ्रान्सका स्टार खेलाडीले एक भिडियो वृत्तचित्र जारी गर्दै आफू एथ्लेटिकोमा नै रहने खुलासा गरेका हुन् ।

पछिल्लो केही समय ग्रिजमानको भविष्यलाई लिएर विभिन्न अडकलबाजीहरु भइरहेको थियो ।

क्याटालन क्लब जाने हल्लाका बीच ग्रिजमानले आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएका थिएनन् ।

तर, बिहिबार ४५ मिनेट लामो भिडियो जारी गर्दै उनले यसबारे मौनता तोडेका हुन् ।

भिडियोमा ग्रिजमानले आफ्नो पिता र दाईसँग आफ्नो भविष्यबारे सल्लाह मागेका छन् ।

ट्वीटरमा रिलिज गरिएको भिडियोमा उनले ‘मेरो फ्यान, मेरो टिम, मेरो परिवार’ भनेर उल्लेख गरेका छन् जसलाई एथ्लेटिको म्याड्रिडले सेयर गरेको छ ।

‘मैले यहीँ रहने निर्णय गरेको छु,’ ग्रिजमानले भनेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप