शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको प्रवासमा रहेका संगठनहरुको एकता प्रक्रिया सुरु

शुक्रबार, ०१ असार २०७५, २० : ०४
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपश्चात विदेशमा भएका दुबै पार्टीका कमिटीहरुको एकता प्रक्रिया शुरु भएको छ । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकले सो एकता प्रक्रियाको सुरुवात गरेको हो ।

शुक्रबार बसेको बैठकमा प्रबासमा भएका दुबै पार्टी संगठनहरुका रिपोर्टहरु बैठकमा पेश गरिएको जनाइएको छ  । श्रोतका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र) ले आफनो संगठन ३१ देशहरुमा भएको नाम सहितको लिखित रिपोर्ट बैठकमा पेश गरेको थियो भने एमालेको २८ वटा मात्र देशहरुमा संगठन रहेको रिपोर्ट पेश भएको छ ।  

बैठकले विदेशी नागरिकता भएका नेपालीहरुको आबद्धता तथा प्रवासमा पार्टी कमिटी राख्ने–नराख्ने बारेमा छलफल गरेको बुझिएको छ । बैठकमा नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज चौंलागाईं, युवराज कार्की, लक्ष्मण पन्त, श्रीप्रसाद साह, तिलक विश्वकर्मा, टेकबहादुर पाठक लगायत नेताहरुले आ–आफ्ना विचारहरु राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप