बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बर्षातका कारण पठनपाठन अवरुद्ध

बिहीबार, २९ असार २०७४, १२ : १७
बिहीबार, २९ असार २०७४

डोल्पा– बर्षातले खेलमैदान लगायतका विद्यालयका संरचनामा क्षती पु¥याएपछि डोल्पाको एक विद्यालयको पठनपाठनमा समस्या भएको छ । एक सातयता परिरहेको बर्षातले तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यामिक बिद्यालय अगाडीकोे सिडी, पर्खाल तथा खेलमैदान भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय जान र पठनपाठनमा समेत समस्या भएको प्रधानाध्यापक लंकमान रोकायले जानकारी दिए । बिद्यालयको बाहिरी संरचनामा क्षती पु¥याएकाले कक्षा कोठासम्म आवत जावत गर्न समस्याहुनुका साथै बिषयगत खेलकुदका विभिन्न कार्यक्रमहरु संञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक रोकायको भनाई छ । 
उक्त बिद्यालयमा प्रावि र निमावि गरेर ३ सय ६ जना बिद्यार्थीले अध्ययन् गर्दै आएकाछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप