शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविताः शान्तिको रङ हुन सकिनँ

शनिबार, ०२ असार २०७५, ०८ : ५९
शनिबार, ०२ असार २०७५

- अनिल तामाङ   

मलाई माफ गर
महोदय,
म तिमीले चाहेको जस्तो
रङ हुन सकिनँ,
मलाई तिमीले सोचेजस्तो
शान्तिको रङ हुनु थिएन,
मलाई विधवाको
रङ बन्नु थिएन,
मैले तिम्रो झुटको रङसँग
जीवन सौदाबाजी गर्न सकिनँ ।

मलाई माफ गर
महोदय
म कमेरोको सेतो रङ भएँ होला
मैले आफ्नो मौलिक रङ छरेँ होला
शीतल हावामा रङ छर्दै उडेँ होला
म रङमै धेरै माझ मुस्कुराएँ होला
तर अफसोच
अनेक रङमा धेरैले लत्पतिएको रङ हुँ
आततायीहरूले अस्मितामाथि
धावा बोलेको रङ हुँ ।
सर्वाङ्ग नाङ्गो बनाएको रङ हुँ 


मलाई माफ गर
महोदय,
म आगोको लप्काबाट पटक
पटक बाँचेको छु 
म ऊर्वर र खडेरी मौसमसँग
वर्षौंदेखि  परिचित छु
म घस्रेर झिल्को निकाल्ने
दर्शनढुङ्गासँग नौलो छुइन ।
मलाई वर्षौंदेखि कुठाराघात
गर्नेहरू याद छ ।

त्यसैले त महोदय
तिम्रो सीमा बाहिर
बेगल रङको पहिचान
बनाउनु छ  ।

-छोरम्बु–१, खोटाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप