शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गजलः घरदेशको सम्झना

शनिबार, ०२ असार २०७५, ०९ : ०७
शनिबार, ०२ असार २०७५

-हरि थापा  

घरको यादले सताउँदा भट्टी धाउन थालेँ
घरदेशको सम्झनामा गीत गाउन थालेँ 

कहिले गाउँथे गाउँको गीत कहिले सहरको
झनै टाढा हुँदा तिम्रो आभाष पाउन थालेँ

सपनीमा सधैँ पुग्छु आफ्नै जन्म थलो
बाध्यताले पेसासँग माया लाउन थालेँ 

समस्याको अझै चाङ छ फर्कने ठेगान छैन
दुःख पीडा, दुई चार पैसा कमाउन थालेँ ।

कहिले आउने, प्रश्न गर्छन् साथीभाइले
फर्कन्छु, के भनेथेँ जताततै छाउन थाले ।

नीतिनियम बेथितिले सर्वस्व नै गुमिसक्यो
देशको हविगत देखेर नै यहीँ रमाउन थालेँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप