शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा बेपत्ता ४ मजदूरको जिवितै उद्दार

आइतबार, ०३ असार २०७५, १३ : ३०
आइतबार, ०३ असार २०७५

काठमाडौं– अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा  अाएकाे पहिराेका कारण शुक्रबार रातीदेखि पुरिएका चार मजदूरको जिवितै उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका  उनीहरुको ३८ घण्टापछि जिवितै उद्दार गरेको हो । 

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोले कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर पुरिएकोमा उनीहरुको आज  उद्दार गरिएको हो । 

 झरी परिरहेकाले उद्धारमा भएको कठीनाईकाबीच  स्काभेटर र डोजरको सहायतामा उनीहरुको सकुशल उद्दार गरिएको  जिल्ला प्रहरी कार्यालय  संखुवासभाले जनाएको छ । 

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रो परियोजना पनि एक हो । यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा  प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर  शिलान्यास गरेका थिए । 

द्धारिका होटलको शिलान्यास कार्यक्रमलाई अरुण तेस्रोको निर्माणस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको फयाक्सिन्दासम्म भिडियो मार्फत जोडिएको थियो । 

यो आयोजना भारतीय कम्पनीलाई दिएको सम्बन्धमा  केहि राजनीतिक दलहरुले चर्को विरोध समेत गर्दै आएका छन् ।

(शनिबार सरकारी सञ्चारमाध्यम राससले प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरलाई उदृत गर्दै  उनीहरुको मृत्यु भएको समाचार सम्प्रेषण गरेको थियो । सोहि समाचार रातोपाटीबाट पनि सम्प्रेषण भएकोमा क्षमायाचनासहित सच्चाइएको छ–सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप