शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामदेवीको पुस्तक ‘हाइकिङ काठमाडौं’ विमोचन

शनिबार, ०२ असार २०७५, १७ : २१
शनिबार, ०२ असार २०७५

काठमाडौं–हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ विमोचन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमका बीच महर्जनको पुस्तक विमोचन गरिएको हो ।
 पुस्तकभित्र विभिन्न ६२ वटा हाइकिङ रुट, हाइकिङ टिप्स, काठमाडौं सेरोफेरोका होमस्टे, स्वास्थ्यबद्र्धक खाना, दुःखमुक्तिको शास्त्र, प्रकृतिप्रेमी समूहलगायतका विषयलाई समेटिएको छ।  
हिमालय म्याप हाउसले प्रकाशन गरेको पुस्तकको सम्पादन अमृत भादगाउँले र पवन शाक्यले गरेका हुन् ।  यो पुस्तकले मर्यादित र स्वस्थ आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने विस्वास गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप