मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि होडैडामा

शनिबार, ०२ असार २०७५, १८ : ४४
शनिबार, ०२ असार २०७५

यमन । यमनका लागि राष्ट्रसंघका राजदूत आपतकालीन वार्ताका लागि विद्रोही नियन्त्रित यमनी राजधानी सानामा शनिबार आइपुगेका छन् । 

क्षेत्रीय गठबन्धनसँग सँघर्ष गरिरहेका विद्रोही लडाकूसँग यमनमा मानवीय सहायताका लागि होडैडाको प्रमुख बन्दरगाहमा थप लडाइँ नहोस भन्नका लागि यमनका लागि राष्ट्रसंघका राजदूत ग्रीफीत साना पुगेका हुन् । 

ग्रीफीतले विद्रोही नेताहरूसँग यमनमा मानवीय सहायताका लागि प्रयोग गरिँदै आएको रेड सी बन्दरगाहलाई नियन्त्रणमा नलिन र उक्त स्थानलाई राष्ट्रसंघको अनुगमन समितिको जिम्मामा छोड्न आग्रह गर्ने अनुमान गरिएको छ । 

साउदी अरब तथा संयुक्त अरब इमिरेट्सको नेतृत्वको गठबन्धनले यमनी सरकारी फौज र विद्रोहीबीच हुनसक्ने सम्भावित झडप र यसबाट हुने ठूलो क्षतिलाई रोक्न यो कदम चालिएको पनि ग्रीफीतले बताएका छन् । । 

यमनमा आउने करिब ७० प्रतिशत आयात होडैडा बन्दरगाहको बाटो आउने गर्छ । विद्रोही र सरकारबीच सोही बन्दरगाहलाई लक्षित गरी आक्रमण हुन थालेपछि संयुक्त राष्ट्रसंघमाथि मानवीय सहायताको बाटो नै अवरूद्ध बन्ने भय पलाएको हो । 

यमनमा विगत केही वर्ष यता हुँदै आएको द्वन्द्वका कारण यमनी जनता भोकमरीको समस्या झेल्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप