बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ-कहाँ भयो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

आइतबार, ०३ असार २०७५, ०६ : ५८
आइतबार, ०३ असार २०७५

काठमाडौं - शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ ।

बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धूलोका कणलाई बर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जमिनको सतहबाट २ किलोमिटर उचाइ आसपासको वायुमण्डलमा कुहिरोझैं फैलिएको धूलोको कणलाई बर्षाले पखालेको हो । 

हिलाम्ये बर्षा नेपालमा मात्र होइन पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा पनि परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पन्जाव, हरियाणामा प्रतक्ष्य देखिएको छ ।

राजस्थान आसपासको मरुभुमिमा अझै पनि हुरी चलिरहेको र धूलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्ये बर्षाको प्रभाव दोहोरिन सक्ने मौसमविदहरु बताउँछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप