शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार राणा भन्छिन्, ‘मेरो पोर्न भिडियो बनाइयो, सामूहिक बलात्कार र हत्याको धम्की’

आइतबार, ०३ असार २०७५, ०७ : २३
आइतबार, ०३ असार २०७५

बीबीसी

सन् २००२ को गुजरात दंगामा आधारित ‘गुजरात फाइल्सः एनाटोमी अफ अ कभर अप’ की लेखिका एवं खोजी पत्रकार राणा आय्युबले आफूले बलात्कार र हत्याको धम्की पाइरहेको बताएकी छिन् ।

संयुक्त राष्ट्र मानवाधिकार परिषदले यसबारे ध्यानाकर्षण गर्दै गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले राणाको सुरक्षाको कडा व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

राणाले बीबीसीलाई बताए अनुसार उनले पहिले देखि नै यस्ता धम्की निरन्तर पाउने गरेकी थिइन् जुन अनलाइनमा सिमित थिए तर यसपटक भने उनलाई फोनमार्फत नै धम्की आउन थालेको छ ।

यसो भन्छिन् राणा अय्युबः

मेरो नामको एक पोर्न भिडियो बनाइएको छ जसमा मर्फ गरेर मेरो अनुहार राखिएको छ । यसलाई फोनमा ह्वाट्सएपमार्फत हिन्दुस्तानमा फैलाइँदै छ ।

मेरो फोन नम्बर र ठेगाना ट्वीटरमा सार्वजनिक गर्दै भनिएको छ, ‘आइ एम अभाइलेभल’ अर्थात् ‘म उपलब्ध छु ’ । मेरा बारे यस्तो फोहोरी टिप्पणी मैले जीवनमा पहिलो पटक देख्दै छु ।

मेरो नामबाट ‘म बालबालिकाको बलात्कारीलाई समर्थन गर्छु , भारत र भारतीय जनतालाई घृणा गर्छु’ भन्दै ट्वीट गरिएका छन् ।

मलाई सामूहिक बलात्कारको धम्की पनि दिइएको छ । मैले यसबारे स्पष्टिकरण पनि दिइसकेकी छु तर पनि मानिसहरु मलाई मेरो घरमा आएर बलात्कार गर्ने र हत्या गरिदिने धम्की दिइरहेका छन् ।

मेरो नम्बरमा मानिसहरु मलाई यौनजन्य तस्बिर पठाइरहेका छन् । मलाई मानिसहरुले देह व्यापारमा लागेको हो भनी सोधिरहेका छन् । स्थिती निकै तनावपूर्ण बनेको छ ।

पुलिसमा अप्रिलदेखि उजुरी दर्ताः

मैले २६ अप्रिलमा दिल्लीको साकेत पुलिस स्टेशनमा उजुरी दर्ता गराएकी छु । सुरुमा उनीहरुले यो उनीहरुको अधिकार क्षेत्रमा नभएको भन्दै दर्ता गराउन मानेनन् । पछि मेरा वकिलले पुनः एफआइआर दिएपछि पुलिसले उजुरी दर्ता गरेको हो ।

जून महिना आधा बितिसक्यो तर यसबारे अहिलेसम्म केही भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप