शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको  नीजि अंगमा पुरुषमात्र नभई भगवानसमेत किन टाँस्सिएका छन् ?

आइतबार, ०३ असार २०७५, ०८ : ५८
आइतबार, ०३ असार २०७५

लिह क्यामिन्स्की /बीबीसी

यो संसार पितृसत्तात्मक छ । समाज, राजनीति र अर्थव्यवस्था – हरेक स्थानमा उनीहरुकै प्रभाव छ ।

स्थिती यस्तो छ कि महिलाको शरिरमासमेत पुरुषले आफ्नो हैकम जताउँछन् । महिलाको मन, मस्तिष्क र शरिरमा पुरुषको छायाँ हुन्छ । यहाँसम्म कि महिलाको शरिरको धेरैजसो अंगको नामसमेत पुरुषको नामबाट राखिएको छ ।

यदि तपाईं महिलाको कम्मर वरिपरि आफ्नो नजर घुमाउनुहुन्छ भने तपाईंले त्यहाँ थुप्रै पुरुष देख्नुहुन्छ । गर्भाशय पछाडि तपाईंले जेम्स डगलस लुकेको देख्नुहुन्छ ।

अण्डाशय नजिक ग्रेब्रिएल फ्यालोपियनले डेरा जमाएको पाउनुहुन्छ । महिलाको योनी वा भजाइनाको बाहिरी पत्रमा क्यास्पर बार्थोलिन धूनी रमाइरहेको देख्न सक्नुहुन्छ ।

यस्तै, चरमोत्कर्षको केन्द्र भनिने जी स्पटमा अन्स्र्ट ग्रेफेनबर्गसँग भेट हुनेछ ।

प्रश्न यहाँ छ कि कुनै महिलाको आन्तरिक र नीजि अंगसँग पुरुष किन टाँस्सिएका छन् ?

यस्तो किन हुन्छ ?

आउनुहोस्, यो गोप्य कुराबाट पर्दा हटाऔं । गर्भाशयको पछाडि जुन थैली हुन्छ, त्यसलाई ‘पाउच अफ डगलस’ भनिन्छ ।

ल्याबिया अर्थात् भजाइनाको माथिल्लो पत्रमा लुकेको ग्रन्थको नाम क्यास्पर बार्थोलिनको नामबाट राखिएको हो । फ्यालोपियन ट्युबको नाम ग्रेब्रिएल फ्यालोपियनको नामबाट राखिएको हो र चर्चित जी–स्पट अन्स्र्ट ग्रेफेनबर्गको नामबाट दर्ता गरिएको हो ।

पुरुष मात्र होइन, महिलाको अंगसँग त देवता पनि टाँस्सिएका छन् । भेजाइना अर्थात् योनीको भित्र जुन झिल्ली हुन्छ, हाइमेन, त्यो यूनानका देवता हाइमेनको नाममा राखिएको हो । हाइमेनको मृत्यु विवाहको दिनमा  भएको मान्यता राखिन्छ ।  

कुरा विज्ञानको होस् वा औषधीको, पुरुष र देवताले आफ्नो अमिट छाप छोडेका छन् ।

हजारौं जीवको नाम पुरुष वा देवताको नामबाट राखिएका छन् । जस्तै साल्मोनेला ब्याक्टेरियाको नाम अमेरिकी डाक्टर डेनियल एल्मर साल्मनको नाममा राखिएको हो । जबकी उक्त ब्याक्टेरियाको खोजी उनका सहयोगीले गरेका थिए ।

महिलासँग जोडिएका नाम किन छैनन् ?

वास्तवमा आजभन्दा एक शताब्दी अघिसम्म पनि मेडिकल साइन्समा महिलाको संलग्नता शून्य बराबर थियो । सायद यो यसको विभिन्न कारणमध्येको एक हो ।

यद्यपी, वास्तविकता यो पनि हो कि पुरुषप्रधान समाजका कारण यस्ता धेरैजसो खोजीमा पुरुषको मात्र हात भएको बताइन्छ, त्यसकारण यस्तो खोजीमा नाम पनि उनीहरुकै नामबाट राखिन्छ । यो सिलसिला अहिलेसम्म पनि जारी छ ।

शब्दले पनि हाम्रो विचारमा गहिरो असर पार्ने गर्दछ । अष्ट्रेलियाको युनिभर्सिटी अफ एडिलेडका प्राध्यापक घिलाद जुकरमान  भन्छन्, ‘यदि कुनै शब्द महिलासँग सम्बन्धित छ भने त्यसमा कोमलता, नाजुकपनको खोजी गरिन्छ । यस्तै, पुरुषको नाम भएको शब्दमा ताकतलाई जोडिइन्छ ।’

यस्तोमा प्रश्न यो उठ्छ कि शरिरको विषयमा हाम्रो विचार किन महिला पुरुषको भिन्नताबाट प्रभावित हुन्छ ?

शब्दमा लिंगभेदः

हामी सबैले हिस्टेरिया शब्द सुनेका छौं । यो शब्द ग्रीक शब्द ‘हिस्टिरिका’ बाट आएको हो । ग्रीक भाषामा हिस्टिरिकाको अर्थ गर्भाशय हो । मेडिकल साइन्सका जन्मदाता हिपोक्रेटिकले गर्भाशयको नाम राखेका थिए । र यसैबाट हिस्टेरिया नामको रोगको नामाकरण भयो । यसलाई सुरुवातमा महिलाको मानसिक रोग भनिन्थ्यो जुन गर्भाशय सर्दा हुने रोग बताइन्थ्यो ।

सुरुमा यो रोगबारे इजिप्टका मानिसहरुले इसा १९०० भन्दा अघि कुरा गरेका थिए । तर ग्रीक मानिसहरुले गर्भाशय विभिन्न मार्ग हुँदै यताउता भड्किने बानी हुन्छ, त्यसकारण महिलालाई हिस्टेरिया हुन्छ भनी तर्क दिने गर्दथे ।

अझ स्थिती यो थियो कि हिस्टेरियाको उपचारका लागि महिलाको योनीमा मसाज गरिन्थ्यो ता कि चरमोत्कर्ष हाँसिल गरेर हिस्टेरियाबाट बाहिर आउन सकियोस् ।

सन् १९५२ सम्म हिस्टेरियालाई अमेरिकी मनोवैज्ञानिकको किताबमा रोगको रुपमा दर्ता गरिएको थियो । यसैबाट तपाईं महिला र पुरुषबीचको भिन्नताको मानसिकतालाई बुझ्न सक्नुहुन्छ ।

स्वास्थ्यसम्बन्धि, वा कुनै रोगको वा उपचारको तरिका, हरेक स्थानमा तपाईंले पुरुष नाम नै देख्न र सुन्न पाउनुहुन्छ ।

ल्याटिन भाषाबाट आएको हो भजाइनाः

महिलाको भजाइनाको मूल शब्द शीथ ल्याटिन भाषाबाट आएको हो जसको अर्थ चक्कु वा तरवार हो ।

सन् २०१३ मा सूसन मोर्गनेले शरिर विज्ञानको पढाईमा जेन्डर बायसबारे चर्चा गरेकी थिइन् ।

यसबाट यो कुरा सार्वजनिक भएको थियो कि मेडिकल पढाईमा धेरैजसो पुरुषको शरिरको आधारमा मात्र पढाइन्छ ।

उनी भन्छिछन्, ‘यस्तो लाग्छ कि मानिसको शरिर भनेको पुरुषको शरिर हो । महिलाको शरिर त फरक बताउनका लागि मात्र पढाइन्छ । ’

अब यदि मेडिकलको पढाईदेखि शरिरको अंगको नामकरणसम्म पुरुषको नाम हावी हुन्छ भने यसले हाम्रो सोच र पढाईमा कस्तो असर पुर्याउला ?

के यसले केही फरक पार्छ ?

अमेरिकी प्राध्यापक लीरा बोरोडित्सकीका अनुसार यस्तो लाग्छ कि मेडिकल साइन्समा जुन सफलता हाँसिल गरिएको छ, त्यसका लागि केवल पुरुषमात्र जिम्मेवार छन् ।

लीरा भन्छिन्, ‘पुरुषले महिलाको शरिरमा जीत हाँसिल गरेपछि महिलाको अंगमा पुरुषले नामाकरण गरेको जस्तो हुनुहुँदैन ।’

मानव शरिरले कस्तो काम गर्छ र यसको भूमिकाको आधारमा अंगको नामाकरण गर्ने बेला आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप