शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्टोनियो ग्रिजम्यान

आइतबार, ०३ असार २०७५, ०९ : २०
आइतबार, ०३ असार २०७५

स्पेनिस क्लब एथलेटिको म्याड्रिडबाट व्यवसाहिक फुटबल खेल्ने एन्टोनियो ग्रिजम्यान आजको खेलका आकर्षण हुन् ।

उनी फ्रान्सेली आक्रमणका प्रमुख हतियार हुन् भन्दा फरक नपर्ला । २७ वर्षका ग्रिजम्यानले राष्ट्रिय टोलीबाट ५४ खेल खेल्दै २० गोल गरिसकेका छन् । त्यसैले उनको अनुभवबाट टोलीले ठूलो फाइदा उठाउन सक्छ । 

फ्रान्समै भएको, सन् २०१६ को युरोकपमा उनले ७ खेलमा ६ गोल गरेका थिए भने थप दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।

उक्त प्रतियोगितामा ग्रिजम्यान सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी बने । तर फाइनलमा पोर्चुगलसँग १–० ले पराजित भएको फ्रान्स उपविजेतामै सिमित भयो । जसका कारण ग्रिजम्यान निकै दुःखी थिए ।

यसपटक उक्त पीडा बिर्साउनका लागि उनले हरसंभव प्रयत्न गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप