बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब नक्कली कर्णेलको सक्कलीसँग भेट भयो....

आइतबार, ०३ असार २०७५, ११ : ०७
आइतबार, ०३ असार २०७५

विलासी गाडीमा घुम्नु, मानिसहरुलाई बहकाउनु, उनीहरुबाट पैसा हडप्नु र आनन्दको जीवनयापन गर्नु – यी सबै नक्कली लेफ्टिनेन्ट कर्णेलको शौख थियो । तर अब उनलाई पुलिसले पक्राउ गरिसकेका छन् । सोधपुछको क्रममा उनले अचम्मका खुलासासमेत गरेका छन् ।

भारतीय समाचार माध्यम नवभारत टाइम्सका अनुसार सोधपुछको क्रममा नक्कली कर्णेल बनेका अमित शर्माले जागिरको लोभ देखाएर मानिसहरुबाट लाखौंको असुली गरिसकेका छन् ।

स्रोतका अनुसार आरोपी अमित शर्माले सेना भर्ती कार्यालय निर्देशक अजित सिंह पिल्लईसँग शुक्रबार बेलुका महेन्द्रनगर भेट्न पुगेका थिए । भेटघाटका क्रममा उनले आफ्नो परिचय लेफ्टिनेन्ट कर्णेल बताएका थिए ।

आरोपीले आफू दिल्ली बेस क्याम्पमा तैनाथ भएकोसमेत बताएका थिए । कर्णेल पिल्लईलाई यसबारे शंका लागेपछि उनले बेस क्याम्पसँग उनीसँग सम्बन्धित सम्पूर्ण जानकारी माग गरे । यो क्रममा उनको नामका कोही पनि लेफ्टिनेन्टको नियुक्त नभएको पाइयो । त्यसपछि कर्णेलले पुलिसलाई बोलाएर उनलाई पक्राउ गर्न लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप