‘मेरी मामु’ फिल्ममा प्रदीपको हिरोइन अश्लेषा
काठमाडौं – ‘प्रेम गीत–२– चलचित्रमा अभिनेता प्रदीप खड्काका जोडी बनेर चर्चा कमाएकी अभिनेत्री अश्लेषा ठकुरी फेरी निर्माता सन्तोस सेनकै ब्यानरमा निर्माण हुने चलचित्रमा देखिने भएकी छन् ।
उनी सेनको ब्यानर आसुसेन फिल्मस्ले निर्माण गर्न लागेको चौथो चलचित्र ‘मेरी मामु’मा देखिन लागेकी हुन् । बालमनोविज्ञान र आमा–छोरा विचको सम्बन्ध बोल्ने चलचित्रमा उनले नायक सरुक ताम्राकारसँग जोडी बाध्ने निर्माता सेनाले जानकारी दिए ।
६ बर्षिय बालकलाकार आयुब सेनको मुख्य भुमिका रहने चलचित्रमा कुशुम गुरुङ, भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरीको अलवा बालकलाकार कृजन गौतम र शुभम बिष्ट समेतको अभिनय रहने छ ।
‘प्रेमगीत २’की हट हिरोइन अश्लेषाले चलचित्रमा कस्तो भुमिका देखिने छिन् भन्ने निर्माण युनिटले अहिले गोप्य राखेको छ ।
यम थापाको लेखन निर्देशन रहने ‘मेरी मामु’ आफुले यस अगाडी निर्माण गरेको चलचित्र झै उत्कृष्ट बनाउने निर्माता सेनको भनाई रहेको छ । चलचित्रको रिलिज मिति १५ भदौ जुरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना