शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको जीवन : अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन

आइतबार, ०३ असार २०७५, ११ : ५३
आइतबार, ०३ असार २०७५

‘विद्यालय जान नपाएकाले विद्यालय जान पाऊन्,’ पार्टी कार्यालय धुम्बाराहीमा भेटिएका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको कामना थियो, ‘घरबारविहीनको घामपानीबाट ओतिने ठाउँ होस् । स्वास्थोपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् ।’ 

तात्कालिक एमाले प्रचार विभाग सचिवसमेत रहेका रिजालले थपे, ‘सबै नेपाली आफूजत्तिकै भइदिए कति जाती हुन्थ्यो । कसैले कसैको भर पर्न नपरोस् ।’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रेस सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसकेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सामान्यतः दाल, भात, तरकारी र रोटी खाने गर्छु । सकेसम्म भान्टाको तरकारी खान नपरे हुन्थ्यो भन्ने लाग्छ । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट कमै पुग्छु । तर, कार्यक्रमका लागि रेष्टुरेन्ट पुगिरहन्छु । रेष्टुरेन्ट पुग्दा सलाद माग्न बिर्सन्न । ‘चाइनिज’ खाना पनि रोजाइमा पर्छ । बिहे गरेको १२ वर्ष भयो । श्रीमतीलाई मासु पकाएर खुवाउँछु भनेको धेरै भयो, साइत जुरेको छैन । 

मेरो पोसाक


विशेषतः सर्ट–पाइन्ट लगाउँछु । ‘रेडिमेड’ मात्रै होइन, कपडा किनेर पनि सिलाउँछु । ‘रेडिमेड’ कपडा लगाउन सहज लाग्छ । सालिन्दा एकपटक कपडा किन्छु । कपडा सिलाउँदा काठमाडौंको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टर पुग्छु । पहिले श्रेष्ठ टेलरिङ जान्थें । कपडाको ब्रान्डबारे अनभिज्ञ छु । विद्यालय पढ्दाताका ढाकाटोपी लगाउँथें । 

मेरो फिटनेस
बिहान ‘हेल्थ क्लब’ जान्छु । घरमा रहँदा बेलुका दुई रोटी खाने गर्छु । योगा गर्ने बानी छैन । मर्निङवाक निस्कन्न । 

मेरो अध्ययन
हिजोआज ‘इन्डियन फरेन पोलिसी’ नामक १३ सय पृष्ठको किताब पढ्दै छु । विशिष्ट व्यक्तिका संस्मरण, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका किताब पढ्न जाँगर चल्छ । विषयवस्तुअनुसार लेखक मन पर्छन् । प्रायः नेपाली लेखकका किताब पढेको छु । समसामयिक विषयमा लेखिरहेकै छु । गहिरो अध्ययन गरेर किताब लेख्ने योजना छ । मेरो निजी पुस्तकालयमा दुई हजारदेखि दुई हजार पाँच सय किताब होलान् । 
दुई तरिकाले किताब हात लाग्छ । किताबको समीक्षा लेख्ने भएकाले साथीभाइले उपलब्ध गराउँछन् । आफूलाई मन पर्ने किताब विदेशबाट पनि मगाउने गरेको छु । अमेरिकी गुप्तचरका पूर्वअधिकारी डन आर क्ल्यारिजको ‘अ स्पाई फर अल सिजन्सः माई लाइफ इन दी सीआईए’ किताब प्रकाशित छ । विक्रम संवत् २०१५ सालतिर उनी नेपालमा थिए । ०१५ सालको निर्वाचनमा सीआईका तर्फबाट उनले बीपी कोइराला र राजा महेन्द्रलाई पैसा दिएका रहेछन् । त्यो किताब नेपालमा गणेशराज शर्मासँग थियो । त्यसपछि अमेरिकामा रहेका साथीबाट मगाएँ । कतिपय किताब भारतबाट मगाउँदै आएको छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । मुलुकभित्रै घुमफिर गर्न मन लाग्छ । साधारण मानिसका कथा–व्यथा सुन्न, उनीहरूको जनजीवन नजिकबाट नियाल्ने रहर त्यत्तिकै छ । नेपालका ६४ जिल्ला पुगिसकेको छ । १८ देश घुमेको छु । 
घुमेकामध्ये म्यानमार मन पर्यो । त्यहाँका नेपालीका कथा–व्यथा, रहनसहन सुन्दा भावुक भएँ । मुलुकभित्रचाहिँ दैलेख मन पर्छ । उपल्लो मुस्ताङ र उपल्लो डोल्पा पुग्ने रहर छ । यही वर्ष दुवै ठाउँ पुग्नेछु । 

मेरो फुर्सद
फुर्सद भनेको मिलाउने हो । समय व्यवस्थापन गर्न सके फुर्सद निकाल्न सकिन्छ । केही काम नभएको मानिस पनि व्यस्त भएको देखेको छु । म आवश्यक फुर्सद निकाल्छु । दौडधुप भएकाले शारीरिक तथा मानसिक थकाइ लाग्छ नै । त्यसको प्रभाव निद्रामा पर्छ । धेरै थकाइ लाग्यो भने निद्रा नलाग्ने रहेछ । जति नै थकाइ लागे पनि मोबाइल ‘स्वीच अफ’ गरेर आराम गरौंजस्तो लाग्दैन । तर, कहिलेकाहीं राति १० बजेपछि मोबाइल ‘अफ’ गर्ने गरेको छु । सुतिसकेपछि व्युझें भने पुनः निदाउन सक्दिनँ ।
किताब पढेर फुर्सदको समय सदुपयोेग गर्ने बानी छ । घरपरिवारलाई भनेजस्तो समय दिन नसके पनि गुनासो नआउनेगरी व्यवस्थापन गरेको छु । छोराको लामो बिदामा परिवारसहित घुम्न जाने गरेका छौं । कहिलेकाहीं रेष्टुरेन्ट पुग्छौं । 

मेरो खेलकुद
गाउँमा रहँदा डन्डिबियो खेलेको थिएँ । चेस खेल्न अलि–अलि आउँछ । गाउँमा रहँदा गोल (लात्तेभकुन्डो) खेलेको बिर्सेको छैन । 

मेरो मोबाइल
आइफोन एट प्लस प्रयोग गर्दै आएको छु । श्रीमतीकी दिदीको छोरा अस्ट्रेलिया बस्छन् । उनले ६ महिनाअघि आइफोन एट प्लस पठाइदिएकाले मूल्य थाहा भएन । मोबाइल परिवर्तन झन्झट लाग्छ । मोबाइलका एप्लिकेसनमध्ये इमेल, इन्टरनेट प्रयोग गर्छु । 

यसैगरी, डिक्सनेरी, संसारका सबैजसो मुलुकका टप–टप डेली पेपर, म्यागेजिन, टीभीका एप्स डाउनलोड गरेको छु । कुनै पनि विषयमा ‘ब्रेकिङ न्युज’ आयो भने मोबाइलमा घन्टी बज्छ । त्यसले अद्यावधिक हुन मद्दत गर्छ । साथै, कूटनीति र अन्तर्राष्ट्रिय विषयमा जिमेल सब्सक्राइब गरेको छु । त्यस मानेमा मोबाइलको भरपूर प्रयोग गर्नेमध्ये पर्छु । 

मेरो टेलिभिजन
बेलुका टीभी हेर्ने समय जुर्छ । जुन च्यानलमा समाचार प्रसारण भइरहेको छ, त्यही हेर्छु  । समाचार प्राथमिकतासाथ हेर्ने गरेको छु । टक शो’ पनि हेर्छु । म बस्ने फ्ल्याटमा टीभी छैन । सासू–ससुरा रहने फ्ल्याटमा भएको टीभीको ब्रान्ड र साइजबारे थाहा भएन । ‘  

मेरो चलचित्र
पछिल्लोपटक चलचित्र श्रीमान्–श्रीमतीले हलमै ‘छक्कापञ्जा’ हेरेका थियौं । पुराना चलचित्र युटुबमा हेर्ने गर्छु । हेरेकामध्ये हिन्दीमा ‘सोले’ र नेपालीमा ‘बलिदान’ असाध्यै मन पर्यो । हास्यकलाकारमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका अभिनय जीवन्त लाग्छ । नयाँ पुस्तामा मनोज गजुरेलको अभिनय लोभलाग्दो छ । नायक राजेश हमाल र नायिका रेखा थापाको अभिनय दमदार लाग्छ । भारतीयमा अमिताभ बच्चन आदर्श कलाकार हुन् । कपिल शर्माका कमेडी शो नछुटाइ हेर्छु । 

मेरो स्वास्थ्य
स्वस्थ छु । कुनै दीर्घरोगले समातेको छैन । सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । अहिलेसम्म पाँचपटक ‘होलबडी चेकअप’ गराइसकेको छु । खानपानमा ध्यान दिन सकियो भने स्वस्थ रहन सकिन्छ । खान लोभ गर्दिनँ । गरिष्ठ भोजनबाट टाढै रहने प्रयास गर्छु । 

मेरो भाषणशैली
म मध्यम तहकै वक्ता हुँ जस्तो लाग्छ । मेरो भाषण सुन्नेले दिएको प्रतिक्रियाअनुसार म भाषण ठिकै गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्न सक्छु । सचेत भएर भाषण गर्ने भएकाले विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु । 

मेरो मापसे
अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन । 

मेरो संगीत
सुत्ने बेला गीत–संगीत सुन्छु । नारायणगोपाल, अरूणा लामाका गीत सुन्ने गर्छु । गीत गाउन नआए पनि गुनगुनाउँछु । 

मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । मबाट पनि भए होलान् । तर, सम्झना छैन । म पढेको गौरी नेराप्रावि विद्यालयका प्रधानाध्यापक तुलाराम थापा हुनुहुन्थ्यो । उहाँको एक थप्पड भेटेको छु । उहाँले पेन्सिलको ‘स्पेलिङ’ सोध्नुभएको थियो । चार कक्षा पढ्दाताकाको कुरा हो । मैले पीईएनएसआईएल भनेछु । तुरुन्तै सच्याएर पीईएनसीआईएल भनिनसक्दै उहाँले थप्पड हान्नुभयो । त्यसपछि धेरै दिनसम्म उहाँसँग बोलिनँ । मैले सजाय पाएको त्यत्ति हो । 

मेरो राशी
ज्योतिषीले वृष हो भनेका छन् । ग्रहदशा हेराएको छैन । ग्रहशान्ति गराउँदिनँ । ग्रह, नक्षत्रको फलप्रति विश्वास छैन । 

मेरो सौन्दर्य
कहिलेकाहीं कपालमा तेल लगाउँछु । फेसियल गर्दिनँ । यात्रामा निस्कँदा ‘सनब्लक’ लगाउँछु । पफ्र्युम प्रयोग गर्दिनँ । क्लबमा साउना र स्टीम दुवै लिन्छु । 

मेरो प्रेम
हाम्रो मागीविवाह हो । 

मेरो सपना
विद्यालय जान नपाएका विद्यार्थीले विद्यालय जान पाऊन्, घरबारविहीनको घामपानीबाट ओतिने ठाउँ होस् । स्वास्थोपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् । केही नभए पनि सबै नेपाली आफूजत्तिकै भइदिए हुन्थ्यो भन्ने लाग्छ । कसैले कसैको भर पर्न नपरोस् । उल्लिखित विषयमा के–कति काम गर्न सकिन्छ, थाहा छैन । तर, त्यसले पोलिरहँदोरहेछ । 

त्यतिबेला म कार्यरत ‘बुधबार’ साप्ताहिकमा आङरिता शेर्पाको अन्तर्वार्ता छापिएको थियो । सगरमाथा आरोहण कसरी गर्नुभयो ? भनेर सोध्दा उहाँले ‘हिँड्दैहिँड्दै पुगेको’ जवाफ दिनुभएको थियो । जिन्दगी यात्रा हो, हिँड्दै जाँदा कहाँसम्म पुगिन्छ, मेरो वशमा छैन । 
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नैपर्छ । यो शाश्वत सत्य हो । मृत्यु नियमित प्रक्रिया हो । मृत्युबारे अहिलेसम्म सोचेकै छैन । मैले जीवनबारे मात्रै सोच्ने गर्छु । 

यो जीवनकथा पनि पढ्नुहोस्

एउटा मजदुरको जीवन : चार वर्षको कमाइ भारु १० !

सांसद पुष्पा भुसालको जीवन : आफूलाई क्षमतावान् बनाउँदै लगे प्रधानमन्त्री बन्ने निश्चित

पत्रकार किशोर श्रेष्ठको जीवन : मलाई मार्न पेस्तोल बोकेरै हिँड्ने पनि थिए

प्रदेश सांसद निर्मला क्षेत्रीको जीवन :  स्कुलबाट भागेर नेविसंघको कार्यक्रममा जाँदा शिक्षकबाट रामधुलाइ

नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीको जीवन : मृत्यु जित्ने होइन, आयु लम्ब्याउने कोसिस गर्नुपर्छ

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको जीवन : प्रेमप्रस्ताव राखेको चार वर्षपछि स्वीकार

लेखक बुद्धिसागरको जीवन : ‘सेकेन्ड ड्राफ्ट’ नगरी मरिने हो कि भनेर त्यत्तिकै डर लाग्छ

सांसद हेमकुमार राई ‘सुरवीर’ को जीवन : जनयुद्धको घाइते भए पनि तन्दुरुस्त

अल्फा बिटाका मालिक द्विराज शर्माको जीवन : ‘प्लिज’ मलाई सकेसम्म पशुपति नलगियोस्

कहिले कहिले लाग्छ सङ्गीतमा लागेर भुल गरेँछु  –रन्जित गजमेर

सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन

सांसद अञ्जना विशंखेको जीवन : पहिलो मागी, पछिल्लो प्रेम

सांसद हितबहादुर तामाङको जीवन : गृहमन्त्री बादलले मासुभन्दा मीठो अन्डाकरी बनाउन सिकाए

पूर्वमन्त्री प्रकाशशरण महतको जीवन : ग्रहदशा बिग्रेकाले चुनाव हारियो

डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना

सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें

मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा

पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ

मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप