शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालमा मनपरी, थरीथरीका शुल्क

आइतबार, ०३ असार २०७५, १२ : ४८
आइतबार, ०३ असार २०७५

काठमाडौँ। अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगञ्ज ।

सबै बिरामी र अभिभावकको निरास अनुहार । 

आ–आफ्ना बिरामीका बारेमा एकअर्कासँग कुरा गर्दै थिए । 

त्यही भीडमा ४–५ जना एक ठाउँमा बसेर कुरा गर्दै थिए । 

सुनिल ओझाकी १ वर्षकी छोरी बिरामी भएर ल्याएका थिए । 

बिहीबार बेलुका एक्कासि छोरीलाई ज्वरो आयो । 

शुक्रबार बिहान ओझा परिवारले नानीलाई चावहिलको ओम हस्पिटल लगे ।

हस्पिटल लगेको एक घण्टा ३० मिनेटपछि अस्पतालले नानीलाई आईसीयूमा राख्नुपर्छ, भोलि बिरामी तलमाथि भएको खण्डमा हस्पिटल जिम्मेवारी हुने छैन भन्ने जानकारी आयो । 

स्वास्थ्य जस्तो विषयमा हस्पिटलको यस्तो प्रतिकृया आएपछि ओझा परिवार झन् धेरै डराए ।  

त्यसपछि सुनिलले एम्बुलेन्समा राखेर छोरीलाई अन्तर्राष्ट्रिय बालमैत्री हस्पिटलमा ल्याए । 

ओममा डेड घण्टा राख्दा उनले छोरीका लागि ५ हजार खर्च गरे । 

यता बालमैत्रीमा डिपोजिट बापत ३० हजार मागियो । 

फार्मेसीमा १० हजार डिपोजिट राख्नुपर्ने अस्पतालका कर्मचारीले बताए । 

पैसा नभएका कारण फार्मेसीमा डिपोजिट राखेनन् । 

अस्पतालमा १० हजार डिपोजिट राखेको सुनिलले बताए । 

ओझा भन्छन्, ‘ओम अस्पतालदेखि मेरी छोरीलाई ल्याएको एम्बुलेन्स, आधा घण्टा रोक्यो र मैले जहाँ पैसा तिरेँ त्यहाँ गएर एम्बुलेन्स चालकले पैसा लिएर गएको मेरो आँखाले देखेँ ।’ 

निजी हस्पिटलमा स्वास्थ्य सेवा लिँदा शुल्कमा कतिको एक रूपता पाउनुभयो भन्ने प्रश्नमा उनले भने ‘निजी कुनै पनि हस्पिटलमा शुल्कमा एक रूपता छैन ।’

स्वास्थ्य जस्तो महत्वपूर्ण कुराको उपचारको दररेट अस्पतालमा अहिलेसम्म नहुँदा  दोधारमा परेको सुनिलले बताए । 

कुनै पनि निजी अस्पतालमा उपचार गराउँदा एउटै रोगको पनि फरक शुल्क लिने गरेको उनले बताए । 

यस्तै सुनिल भन्छन्– ‘उपचार गर्न आएपछि आफ्नो बिरामीको हामीलाई चिन्ता हुन्छ, के–कति पर्छ हामी जसरी पनि तिर्ने छाँै । धरौटी, डिपोजिट, त्यो पनि ३० हजार सुरुमै राख्नु भन्छन् ।’  

सुनिल आफै पनि एक फार्मेसी सञ्चालक हुन् । 

उनले लगाएको माक्स देखाउँदै भने ‘मेरो  फार्मेसीमा ५ रुपियाँमा बेच्ने गरेको पेपरमास्क बालमैत्रीमा १० रुपियाँमा किन्नुप¥र्याे, २० रुपियाँमा पाइने ट्वाइलेट पेपर २५ रुपियाँमा बेच्ने गरेको पाएँ ।’
मनमाया विक ८ महिनाको छोरालाई उपचारका लागि मकवानपुरको चित्लाङदेखि बालमैत्रीमा ल्याएकी छिन् । 

पहिला ज्वारो आएको छोरालाई अहिले निमोनिया भएको चिकित्सकले  जानकारी  दिए । 

उनले पनि छोराको उपचारका लागि ४४ हजार डिपोजिट राख्नुप¥यो ।

निरास हुँदै मनमायाले भनिन्– ‘हस्पिटलको शुल्क सुन्दा म तीन छक्क परेँ ।’ 

तर पैसाभन्दा पनि छोरा निको होस् भन्ने उनको चाहना छ । 

मनमायाका श्रीमान नेपाली सेनामा कार्यरत छन् । 

केही समस्या देखेपछि काठमाडौँ ल्याउनुपर्ने, त्यसमा पनि यति धेरै खर्च मनमायाका लागि सामान्य भने होइन । 

मनमाया अत्यावस्यक सामान किन्नका लागि आवश्यक पैसा बोकेर बजार जान्छिन् । 

प्रत्येक सामानका लागि यति खर्च लाग्छ भन्ने उनलाई थाहा छ । 

तर हस्पिटलमा कति पैसा लाग्ने हो, बोकेको पैसा पुग्ने हो कि नपुग्ने हो भन्दै अस्पताल आएको बताइन् । 

राजेन्द्र दोङ पनि ९ महिनाकी छोरीलाई उपचारका लागि मेडिकल कलेज लगे ।  सानो आन्द्रा ठूलो आन्द्रामा चेप्पिएको समस्या त थाहा भयो । नानीको अप्रेसन गर्नुपर्ने कुरा अस्पतालले राजेन्द्रलाई बतायो । तर उपचार ढिला हुने भएको कारण बालमैत्रीमा ल्याएका रहेछन् । 

मेडिकल कलेजमा उनले टिकट चार्ज ७५ रुपियाँ तिरे । तर बालमैत्रीमा आकास पातलको फरक पाए । उनले बालमैत्रीमा ५ सय ५० रुपियाँ टिकट चार्ज तिर्नुप¥यो । निजी हस्पिटलमा टिकटमा नै आकाश पातालको फरक पाउँदा राजेन्द्र आफै छक्क परे । 

राजेन्द्रले पनि छोरीलाई बिहीबार नै अस्पतालमा ल्याएका रैछन् । उनलाई पनि छोरीको उपचारमा ३५ देखि ५० हजार रुपियाँ डिपोजिट राख्नुपर्ने थियो तर आफूसँग पनि पैसा नभएका कारण ५ हजार मात्रै राखेको बताए । 

 यति धेरै शुल्कमा भिन्नता हुनु । स्वास्थ्य क्षेत्रकै विकृति भएको उनी ठान्दछन् । हामी जस्ता सार्वसाधरण जनतामाथि स्वास्थ्यको व्यापार गर्नु राम्रो नभएको बताए । 

के भन्छ अस्पलात प्रशासन ?

अस्पतालकी एड्मिन अफिसर सिर्जना आचार्यले नागरिक वडापत्रमा शुल्कका बारेमा जानकारी गराउनु त पर्ने हो तर हाल अस्पतालले नराखेको बताइन् । 

उनी भन्छिन्– ‘शुल्क राख्नुपर्छ भन्ने हामीलाई पनि खड्केको विषय हो । म आउनुभन्दा पहिला थियो रे तर आएको १ वर्ष भयो अहिलेसम्म राखेको देखेको छैन ।’
५० बेडको बालमैत्री अस्पताल सञ्चालन भएको १० वर्ष भयो । अहिलेसम्म दैनिक ८० देखि एक सय बालबालिका उपचारका लागि आउँछन् । अस्पतालको शुल्कको विषयमा कुरा गर्दा खासै महँगो नभएको उनले बताइन् । नयाँ आर्थिक वर्षको बजेटमा निजी अस्पतालमा लिइने १३ प्रतिशत भ्याट र ५ प्रतिशत कर पनि सरकारले हटाएको छ । शुल्कमा केही कम होला कि भन्ने हाम्रो प्रश्नमा आन्तरिक रूपमा छलफल गर्न बाँकी रहेको बताइन् । 

अस्पतालले हामीलाई भारतीय शुल्क लिस्ट त उपलब्ध गरायो तर दूतवासमा पठाएको शुल्क लिस्ट रहेछ । यो शुल्कभन्दा १.५ प्रतिशत कम गरेर शुल्क लिने गरेको अस्पताल प्रशासनले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप