बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गिय कर्मचारीका परिवारलाई महालक्ष्मी विकास बैंकको सहयोग

आइतबार, ०३ असार २०७५, १३ : ५४
आइतबार, ०३ असार २०७५

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले मोटरसाइकल दुर्घटना परी निधन भएका बैंकका कर्मचारी किशोरकुमार बडुका परिवारलाई सहयोग गरेको छ ।

बैंकको तुलसीपुर शाखा कार्यालयमा कार्यरत बडुको चैत्र ११ गते मोटरसाइकल दुर्घटना असामयिक निधन भएको थियो । बैतडी शाखामा एक कार्यक्रमको आयोजना गरी परिवारलाई ७,००,००० सहयोग गरेको छ ।

सोही अवसरमा  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५,००० सहयोग गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने उक्त रकम स्व. बडुका पिता जनकबहादुर बडुलाई हस्तान्तरण गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप