शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत पेट्रोलियम कर्पोरेशनको म्याक लुब्रिकेन्ट्सको नयाँ प्याक नेपाली बजारमा

आइतबार, ०३ असार २०७५, १७ : ०४
आइतबार, ०३ असार २०७५

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनीको प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ । नयाँ प्याकको शुभारम्भ  वीपीसीएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि.राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले एकैसाथ गरे । 

वीपीसीएलका कार्यकारी निर्देशक भी. आनन्दले नयाँ प्याकले वीपीसीएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँने बताए । आफ्ना सरोकारवाला हरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने प्रतिबद्धता र नवीनतम प्रोडक्ट र सेवाहरु ग्राहकहरुमा लैजानको लागि सबैभन्दा बढी महत्व राख्ने उनले बताए ।

नयाँ प्याकको शुरुवात नेपालबाट भएको हो । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ । ट्याम्पर ईभिडेन्ट क्याप, दुईवटा ह्याण्डल ग्रिप, ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर, गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल र कम आवाज आउने गरी बनाईएको नेक लगायतका विशेषता यसमा छन् ।

विश्वमै राम्रो डिजाईन एजेन्सीको रुपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्टपछि शुभारम्भ गरिएको कम्पनीले बताएको छ । यो रातो, गोल्ड, नीलो ग्रे र ग्रिन गरी चार वटा कलरहरुमा उपलब्ध छ । 

ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ । ग्राहकहरुको चाहनालाई ध्यानमा राखी नयाँ प्याक अनुकुल हुने गरी विशिष्ट सामग्रीबाट बनाईएको हुनाले यसले आफ्नो यथार्थता देखाउँने र यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँने कम्पनीको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप