बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा मिनी दिल्ली : चाख्नुहोस् उत्तरी भारतको परिकारको स्वाद

आइतबार, ०३ असार २०७५, १८ : ५३
आइतबार, ०३ असार २०७५

काठमाडौँ । द्वारमा नयाँ दिल्लीको इन्डिया गेट । पानी पुरी र चाटको स्टल । बार्बिक्युदेखि बिरयानीको परिकार । अनि कुनै मेलामा देखिने झिलिमिली बत्तीको सजावट ।

जब तपाईं हायात रिजेन्सी पुग्नुहुन्छ, तपाईंलाई काठमाडौँको कुनै होटल होइन, भारतको राजधानी नयाँ दिल्लीनै पुगेको जस्तो अनुभव गर्नुहुनेछ ।

नेपालको प्रतिष्ठित होटलहरु मध्ये एक हायात रिजेन्सीको द क्याफेले आयोजना गरिरहेको ‘दश दिन दिल्ली के’ मा तपाईंले पारम्परिक उत्तरी भारतका विभिन्न परिकारको स्वाद लिन पाउनुहुनेछ ।

गत जुन १५ देखि जारी यो प्रबद्र्धनात्मक कार्यक्रममा विशेष गरेर भारतको राजधानी नयाँ दिल्लीमा प्रचलित परिकारहरु राखिएको छ ।

जसमा बिरयानी, बोटी कबाब, चौककी पनिर टिक्की, लछ्छा पराठा, कबाब, राबरी लगायत समावेश छ । त्यस्तै, चाट, पानीपुरी, ब्रेड पकौडालगायत मुखै रसाउने मिठाईहरु पनि राखिएको छ ।

शाकाहारी र मासुको परिकार रुचाउने दुवैका लागि हुने गरी विभिन्न परिकारहरु प्रस्तुत गरिएको हायातकी मार्केटिङ कम्युनिकेसन म्यानेजर मोहिनी श्रेष्ठले बताइन् ।

नेपालस्थित भारतीय राजदूत मञ्जिव सिंह पुरीले उद्घाटन गरेको यो कार्यक्रम अगामी जुन २४ गतेसम्म चल्नेछ ।

साँझ साढे ६ बजेदेखि १० बजेसम्म हरेक दिन चल्ने यो कार्यक्रममा प्रति व्यक्ति रु २ हजार २ सय रुपैयाँको दरले भर पेट खानाहरुको मज्जा लिन सक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप