पेस्तोल देखाएर लुटपाट तथा चोरी गर्ने तीन पक्राउ
भक्तपुर– प्रहरीले पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत फागुनमा सूर्यविनायकमा पेस्तोल देखाई लुटपाट गरी फरार लुटेरा समूहका दुई जना पक्राउ गरेको हो ।
प्रहरीले रामेछापका ‘टोकल’ भन्ने रोहितबहादुर थापामगर र सिन्धुपाल्चोकका ‘अदिप’ भन्ने टोकलबहादुर तामाङलाई काठमाडौँबाट पक्राउ गरेको महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताए । मध्यराति रामबहादुर तामाङको डेराभित्र प्रवेश गरेका उनीहरुले रु १६ लाख ७९० बराबरको धनमाल डकैती गरेका थिए ।
यसैगरी उपत्यकाका व्भििन्न स्थानमा मोटरसाइकल चोरी कार्यमा संलग्न वर्ष ३५ को लालबहादुर थापा मगरलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।
पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ