बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षीया बालिकाको छतबाट लडेर मृत्यु

आइतबार, ०३ असार २०७५, २० : ५२
आइतबार, ०३ असार २०७५

जाजरकोट ।  होटलको छतबाट लडेर आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

आठबीसकोट नगरपालिका रिटा घर भई सदरमुकामस्थित कान्तिपुर होटलमा फुपु सुशीला चन्दसँग बस्दै आएकी युपी चन्द होटलको बार्दलीबाट लडेर घाइते भएकी थिइन् । 

चन्द तीन तला माथिबाट खसेकी थिइन् । उनलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप