बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीद्वय किन गए अमेरिका ?

आइतबार, ०३ असार २०७५, २३ : ०५
आइतबार, ०३ असार २०७५

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८ मा नेपालको तर्फबाट सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा शुभकामनासहित विदाई गरेका थिए । 

असार ६ गते सुरु भई ७ गते सम्पन्न हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रहरूका प्रहरीहरू बीचमा सहकार्य बृद्दि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय तथा सहयोग बढाउने, संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायतका  बिषयमा विस्तृत छलफल हुने छ ।

साथै भविष्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषय पनि छलफलको एजेन्डा रहेको छ । सोही सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक दानबहादुर कार्की समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्यस्तै  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि संयुक्त राज्य अमेरीकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दोश्रो युनाइटेड नेशन्स चिफ अफ पुलीस समिटमा सहभागि हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनका साथ सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ समेत त्यसतर्फ गएका छन् । सशस्त्र प्रहरी महनिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र नारायणबावु थापालगायत वरिष्ठ अधिकृतहरुले विदाई गरेका थिए । 

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका प्रहरी प्रमुखहरुको सहभागिता रहने उक्त सम्मेलन यही असार ६ र ७ गते दुई दिनसम्म संचालन हुने कार्यक्रम रहेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप