बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा शक्तिशाली भूकम्पः दुईको मृत्यु, रेल र उडान सेवा प्रभावित

सोमबार, ०४ असार २०७५, ०८ : ५७
सोमबार, ०४ असार २०७५

पश्चिमी जापानमा सोमबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको छ । यसमा दुईको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । यद्यपी, स्थानीय मिडियाले थुप्रैको मृत्यु भएको आशंका गरेको छ । मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु ओासका प्रान्तको उत्तर हिस्सा थियो । अहिले सुनामीको चेतावनी दिइएको छैन ।

क्योडो न्यूज एजेन्सीका अनुसार भुकम्पको झट्काका कारण ओसाकामा स्विमिङ पुल नजिकैको पर्खाल भत्किएपछि ८० वर्षीय र ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

कांसाई इलेक्ट्रिक पावरले भूकम्पपछि मिहामा र ताकाहामा परमाणु संयन्त्रमा कुनै पनि गडबडी नभएको जानकारी दिएको छ । एहतियातन ओसाका र यसको छिमेकी प्रान्त ह्योगोमा विद्युत आपूर्ती रोकिएको छ । यसले करिब १ लाख ७० हजार परिवारलाई असर पुर्याएको छ ।

भूकम्पको असर रेल र उडान सेवामा समेत परेको छ । ओसाका इलाकामा रेल सेवा बन्द गरिएको छ । ओसाका इन्टरनेशनल एयरपोर्टमा उडान रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप