बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मनीविरुद्धको जीतको खुसियाली मनाउन उफ्रिँदा मेक्सिकोमा भूकम्प नै गयो

सोमबार, ०४ असार २०७५, ११ : ०१
सोमबार, ०४ असार २०७५

मेक्सिको सिटी । जर्मनीविरुद्ध ‘अप्रत्यासित’ ऐतिहासिक जीत हासिल गरेपछि मेक्सिकोमा जनताहरु खुसियालीमा यति जोडसँग उफ्रिए, त्यहाँ भूकम्पमापन यन्त्रले झड्का नै मापन गरेको छ ।

मेक्सिकोका समर्थकहरु मेक्सिको झण्डा र पारम्परिक ‘सोम्ब्रेरो’ टोपी लगाएर मेक्सिको सिटीमा रहेको चर्चित एन्जल अफ इन्डिपेन्डेन्स मोनुमेन्टमा जम्मा भएका थिए । जहाँ उनीहरुले देशको फुटबल एन्थम मानिने ‘सिएलिटो लिन्डो’ र ‘प्रिटी लिटल स्काई’ गाएका थिए ।

सहरको ठूलो मुख्य स्क्वेयरमा पूरै परिवारनै मेक्सिकन फुटबल जर्सी लगाएर ठूलो स्क्रीनमा फुटबल हेर्न जम्मा भएका थिए जसमा मेक्सिकोले जर्मनीलाई १–० गोलअन्तरले पराजित गर्यो ।

जब स्टार खेलाडी हर्भिङ लोजानोले खेलको ३५ औँ मिनेटमा गोल गरे, समर्थकहरुले जोडले उफ्रिन थाले, ‘हामीले गरेर देखायौँ ।’

मेक्सिकोको भूकम्पमापन केन्द्र इन्सिटिच्युट अफ जियोलोजिकल एटमोसफेरिक इन्भेस्टिगेसनका अनुसार सहरका दुई स्थानमा खेलको ३५ औँ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको थियो ।

उनीहरुले यसलाई ‘कृत्रिम भूकम्प’ को संज्ञा दिए ।

पछिल्लो ६ विश्वकपमा अन्तिम १६ सम्म पुग्न नसकेको मेक्सिकोले यो जीतसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब मेक्सिकोले अब अर्को खेलमा दक्षिण कोरियाको सामना गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप