बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको शवलाई कफिन होइन बीएमडब्लूको नयाँ कारमा राखेर गाडियो

सोमबार, ०४ असार २०७५, १२ : २९
सोमबार, ०४ असार २०७५

नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।

अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए । त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।

कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् । उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।

‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरुका लागि कार किन्नुहोस् र सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस् । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखे ।

‘त्यो पैसा आवश्यकतामा परेका गाउँलेलाई दिएको भए हुन्थ्यो र कसैले सके त्यो कार पनि लिएर जाउ भन्नुपर्दथ्यो । यस्तो गर्नु अर्थहीन छ । उनको मृत्यु भइसकेको छ । गाउँलेलाई पिउनका लागि राम्रो पानी देउ, ’ अर्का व्यक्तिले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप