मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी, रातोपाटीबाटै हेर्न सकिने

सोमबार, ०४ असार २०७५, १३ : २९
सोमबार, ०४ असार २०७५

काठमाडौं– एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।  

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक  अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको रातोपाटीलाई जानकारी दिए । 

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ  । 

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै  प्राविधिक धारतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत  हुनेछ । 

विगतको  वर्षमा जस्तै रातोपाटीले यसवर्षपनि एसईईको नतिजा www.see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक हुनेवित्तिकै सजिलै www.see.ratopati.com   हेर्ने व्यवस्था मिलाइएको रातोपाटीका प्रशासन प्रमुख अर्जुन पन्तले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप