मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल हस्पिटलले गर्यो २० हजार बिरामीको निःशुल्क उपचार

सोमबार, ०४ असार २०७५, १४ : ४९
सोमबार, ०४ असार २०७५

बिराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरेको छ ।

जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, उदयपुर लगायत जिल्लामा निःशुल्क शिविर गरिएको छ ।

धनकुटाको पाख्रीवास, झापाको बनियानी र गौरादहमा आयोजित निःशुल्क शिविरमा बिरामीको अत्याधिक चाप थियो । निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ ।

शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे पनि निःशुल्क उपलब्ध गराईएको छ । स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् ।

अधिकांस शिविरमा दम रोगी, आङ खस्ने समस्या भएका महिला, छाला रोगी र हाडजोर्नी सम्बन्धि समस्याका बिरामी बढी मात्रामा आएका थिए । उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप