शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचलसँग सुशान्तको रोमाञ्स

सोमबार, ०४ असार २०७५, १६ : १७
सोमबार, ०४ असार २०७५

काठमाडौं –अभिनेत्री आँचल शर्मालाई सँधै आरोप लाग्ने गर्दछ, उनी पल शाह बाहेकको कलाकारसँग म्यूजिक भिडियो खेल्दिनन् । तर गायक शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियोमा भने उनी सुशान्त खत्रीसँग देखिएकी छन् । 

विकास सुवेदी निर्देशित भिडियोमा आँचल र सुशान्तको रोमान्स देख्न सकिन्छ । सुशान्त भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर फकिएका ब्यक्ति हुन् ।

 शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहको शब्द रहेको गीतको भिडियोलाई अनिल के.मानन्धरले छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप