शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्कोलाई हराएपछि इरानी समाजिक सञ्जालमा “नाइकी : वी जस्ट डीड इट वीथआउट यु” भाइरल

सोमबार, ०४ असार २०७५, १६ : ३८
सोमबार, ०४ असार २०७५

एजेन्सी । अमेरिकी जुत्ता निर्माण कम्पनी नाइकीले रसियामा भइरहेको विश्वकपमा समाबेश इरानी टिमका फुटबल खेलाडीहरुलाई आफ्नो खेल सामाग्री उपलब्ध गराएन ।

यसको कारण उल्लेख गर्दै कम्पनीले जारी गरेको एक वक्तव्यमा आफूहरु अमेरिकी कम्पनी भएको नाताले अमेरिकी सरकारको नाकाबन्दी खेपेको इरानलाई आफूले खेल सामाग्री आपुर्ती गर्न नसक्ने बताएको थियो । वक्तव्यमा थप भनिएको छ, “नाइकीमाथि पनि लागुहुने प्रतिबन्ध धेरै बर्षदेखि जारी छ । यसमा कानुनी बन्धननै छ ।”

तथापि शुक्रबार इारनी नागरिकहरु माझ ‘टीम मेल्ली’ भनेर चिनिने इरानको राष्ट्रिय फुटबल टिमले आफ्नो पहिलो खेलमा मोरक्कोलाई पराजित ग¥यो । उक्त खेलामा थपिएको समयमा मोरक्कोका खेलाडीले आत्मघाती गोल गरेपछि इरान विजयी भएको थियो ।

इरानबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका तेहरान टाइम्समा आएको एक रिपोर्ट अनुसार शुक्रबारको मोरक्को माथिको इरानको १–० विजयपछि घरेलु प्रशंसकहरुले ट्विटरमा ‘नाइकी हामीले तिमी बिना पनि म्याच जित्यौँ ।’ भन्दै नाइकीलाई व्यङ्ग गर्न थालेका थिए ।

जीतलगतै इरानका केही ट्विटर प्रयोगकर्ताहरुले पनि “नाइकी हामीले तिमी बीना पनि गरेर देखायौं,” लेख्न शुरु गरेका थिए । तर केही समयमै यो ट्विटरदेखि इरानी नागरिकहरुले चलाउने अन्य सामाजिक सञ्जालका माध्यमहरुमा पनि भाइरल भयो ।

भाइरल भएको ‘नाइकी वी जस्ट डीड वीथआउट यू (नाइकी हामीले तिमी बिना पनि गरेर देखायौं)’ पदावली नाइकीको विश्वचर्चित टेडमार्क ‘जस्ट डू इट’ लाई बङ्ग्याएर बनाइएको हो ।

मोरक्को विरुद्धको इरानको जित इरानको फुटबल विश्वकपको इतिहासमा दोश्रो जित हो । यस अघि उसले सन् १९९८ मा अमेरिकालाई हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप