शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्नपूर्ण क्यासिनोका पूर्व कर्मचारी आन्दोलनमा

सोमबार, ०४ असार २०७५, १८ : ३१
सोमबार, ०४ असार २०७५

काठमाडौं– अन्नपूर्ण क्यासिनोका कार्यरत पुराना कर्मचारीहरुले आफ्नो सेवा, सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै क्यासिनो व्यवस्थापनलाई चर्को दवाव दिन सुरु गरेका छन् ।  सोमबार पनि दरबारमार्गस्थित क्यासिनोको मूल गेटमा भेला भएका उनीहरुले आफूहरुको सेवा, सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । 

उनीहरुले २२ वर्षदेखि आफूहरुले गरेको कामको सेवा, सुविधा तत्काल उपलब्ध नगराए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् । चारबर्ष अगाडि बन्द भएको क्यासिनो भिन्न नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालतले जेठ १४ गते नया नाममा क्यासिनो खुले पनि पुरानो अन्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । 

सोही आदेशलाई आधार बनाउँदै क्यासिनो प्यालेस पुगेका कर्मचारीको माग व्यवस्थापनले नसुनेपछि उनीहरु आक्रोशित बनेका हुन् । क्यासिनो प्यालेस सञ्चालनमा आएको तीन महिना भइसक्दा पनि काममा नफर्काएपछि कर्मचारीले कानुनी उपचार खोजेका थिए । राजश्व नतिरेको भन्दै तात्कालीन सरकारले २०७१ बैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो । 

त्यसपछि क्यासिनो अन्नाका सञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति सञ्चालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो सञ्चालन गरेको दाबी कर्मचारीले गरेका छन् । 

नयाँ नामलाई आधार बनाई क्यानिसो सञ्चालकहरु कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने दायित्वबाट पन्छिन् खोजेको दाबी उनीहरुले गरेका छन् । पर्यटन मन्त्रालयले आर्थिक प्रलोभनमा परि समान प्रकृतिको मल्ल होटललाई क्यासिनो संञ्चमलनमा रोकेर अन्नपूर्णको अन्ना क्यासिनोलाई क्यासिनो प्यालेसको नाममा अनुमति दिएको दाबी कर्मचारीले गरेका छन् । तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवको समयमा होटल अन्नपूर्णलाई क्यासिनो प्यालेस सञ्चालनको अनुमति दिइएको थियो । 

क्यासिनो प्यालेस बिनय तेली शाहले सञ्चालन गरेपनि सर्वोच्च अदालतले होटल व्यवस्थापन पनि जिम्मेवार हुनुपर्ने आदेश गरेको छ । सर्वोच्चको आदेशलाई पालना गर्न क्यासिनो व्यवस्थापनले अटेरी गरेपछि कर्मचारीले विहिबार देखि क्यासिनो अन्नामा धर्ना दिन सुरु गरेका थिए ।

क्यासिनो अन्नाका पुराना मजदुर कर्मचारीले इच्छुक पुराना कामदारलाई काम दिन, २२ बर्ष काम गरेकालाई श्रम ऐनले तोकेको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन् । सोही माग गर्दै  ९ सय २२ जना पुराना मजदुर कर्मचारीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप