बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इटालियन कम्पनीमा यसरी तयार गरिन्छ विश्वकप ट्रफी र गोल्ड मेडल (तस्विरसहित)

सोमबार, ०४ असार २०७५, १८ : ३९
सोमबार, ०४ असार २०७५

एजेन्सी । रसियामा भइरहेको फुटबल विश्वकपमा यो पटक इटाली सहभागी हुन सकेन । ६० वर्षमा पहिलो पटक इटाली विश्वकपमा सहभागी हुनबाट बञ्चित भएको हो । 

तथापि केही इटालीका रेफ्रीहरुको अतिरिक्त रसियामा भइरहेको विश्वकपमा इटालीको अर्को एक चिजले पनि सहभागीता जनाउनेछ –विश्वकप ट्रफी आफै ।

मिलान नजिक रहेको सानो सहर पेदेर्नो डुङ्गानोमा एक गुलाबी रङ्गको पर्खाल भएको एक उद्योग छ । जीडीई बरटोनी भनिने यही उद्योगमा विश्वकप ट्रफी बन्ने गर्छ ।

फिफाको स्वमित्वमा रहेको सुनको विश्वकपको मूल प्रति बिरलै प्रदर्शन गरिन्छ । त्यसलाई सन् १९७० मा कलाकार सिल्भिओ गज्जनिगाले डिजाइन गरेका थिए । उनको डिजाइनले नयाँ विश्वकप ट्रफिको लागि गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो ।

प्रत्येक वर्ष फुटबल फेडरेशनले जित्ने टिमलाई ट्रफिको एक पित्तलको सुनको लेप गरिएको नक्कल दिने गर्छ । 

तलका तस्वीरहरु त्यही विश्वकप ट्रफीको पित्तलको नक्कल निर्माणका विभिन्न चरणका अवस्था हुन् ।

तस्वीर १ : साँचोबाट निकालिसकेपछि पित्तलको ट्रफीको पिण्डमा रहेको अतिरिक्त धातुहरु ग्रिण्डरले तासिन्छ । 

तस्वीर २ : त्यस लगतै हातैले हतौडा र छिनोको प्रयोग गरेर ट्रफीलाई परिस्कार गरिन्छ र त्यस क्रममा ट्रफिमा रहेका छविलाई बढी स्पष्टता दिइन्छ । 

तस्वीर ३ : त्यसपछि ट्रफिलाई पोलिस गरिन्छ , यस क्रममा ट्रफीमा निक्कै परिस्कृत गरिन्छ  ।

तस्वीर ४ : त्यसपछि ट्रफी ग्याल्भनाइजिङ्ग विभागमा पुग्छ । त्यहाँ यसलाई अल्टासोनिक लेपमा स्नान गराइन्छ/डुबाइन्छ । पहिलो स्नानपछि यसलाई पुसिन्छ ।

तस्वीर ५ : लेपमा डुबाउदाको अवस्थामा ग्यालभनिक विभाग यस्तो देखिन्छ ।

तस्वीर ६ : लेप स्नान पछि ट्रफीलाई सम्हालेर डिस्टिल पानीले पखालिन्छ । 

तस्वीर ७ : विश्वकप ट्रफिको आधारमा हरियो रङ्गको मार्बल लगाएर यसलाई पुर्णता दिइन्छ । त्यसपछि ट्रफिमा रङ्ग रोगन गरेर चमकता प्रदान गरिन्छ ।

तस्वीर ८ : ट्रफिलाई सुख्खा पारेर राम्ररी सफा गरिन्छ । र अन्तिम पटक यसलाई सुक्ष्म तरिकाले जाँच गरिन्छ ।

तस्वीर ९: जीडीई बेरटोनीका एक विज्ञले मेडलको साचोँमा आकृती कुद्ने काम गर्छन् । साँचो कुद्ने काम बेरटोनीको सबैभन्दा परम्परागत र कलाकत्मक कार्य हो ।

तस्वीर १० : किनारालाई पूर्णता दिनको लागि मेसिनमा राखिएको एक गोल्ड मेडल ।

तस्वीर ११ : निर्माणको अन्तिम चरणमा गोल्ड मेडललाई जाँचेर अल्कोहलले सफा गरिन्छ । 

तस्वीर १२ : विजेताले लगाउने गोल्ड मेडल तयार भएपछि यस्तो देखिन्छ ।

तस्वीर १३ : जीडीई बरटोनीका कर्मचारीहरु आफ्नो कम्पनीले बनाउने सबैभन्दा चर्चित ट्रफीहरुसँग । बाँयाबाट दायाँ क्रमश :यूईएफए सुपरकप, यूइएफए युरोपा लिग कप, फिफा विश्वकप र युइएफए च्याम्पिएन्स लिग कप ।

तस्वीर १४ : ट्रफी तयार भएपछि यसको वास्तविक काम अब शुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप