शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अफर सहित आइएमई वल्र्ड कप उत्सव–२०१८ शुरु

सोमबार, ०४ असार २०७५, १८ : ५०
सोमबार, ०४ असार २०७५

काठमाडौं । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत सवै यो उत्सवमा सहभागी हुन सक्ने आइएमईले जनाएको छ । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने आईएमईले बताएको छ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ ।

थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी  प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन् । यसरी छनोटमा पर्नेले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन् । विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिने आईएमईले बताएको छ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ ।

विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ । एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंक प्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ ।

जानकारी प्राप्त भएको सात दिन भित्रमा आफ्नो परिचय पत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नुपर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप