शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. देवकोटाको काजक्रिया सात दिनमै सकिने, विद्युतीय शवदाह गृहमा दाहसंस्कार

सोमबार, ०४ असार २०७५, १९ : ५८
सोमबार, ०४ असार २०७५

काठमाडौं– बरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको छ । सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

लामो समय चिकित्सा क्षेत्रमा बिताउनुभएका डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । 

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिने अस्पतालले जनाएको छ ।

त्यसपछि उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा.देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप