बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरियो रोनाल्डोको 'चर्चित' मुर्ती

सोमबार, ०४ असार २०७५, २२ : १५
सोमबार, ०४ असार २०७५

एजेन्सी । निकै खिल्ली उडाइएको क्रिस्टियानो रोनाल्डोको मुर्ती परिवर्तन गरिएको छ ।

गत वर्ष मडिरा विमानस्थलमा राखिएको रियल म्याड्रिड र पोर्चुगिज स्टारको उक्त मुर्ती भाइरल बनेको थियो । धेरैले मुर्ती र रोनाल्डोको अनुहारमा समानता नरहेको प्रश्न उठाएका थिए ।

अहिले आएर विमानस्थलले रोनाल्डोसँग मेल खाने अर्को मुर्तीसँग पूरानो मुर्तीलाई साटेको छ ।

रिपोर्टका अनुसार रोनाल्डोको परिवारले सिआर सेभेन संग्राहलयको माध्यमबाट उक्त मुर्ती परिवर्तन गर्न आग्रह गरेका थिए ।

३३ वर्षीय खेलाडीले स्पेनविरुद्ध ह्याट्रिक गरेकै दिन उक्त मुर्ती परिवर्तन गरिएको बताइएको छ ।

तर, अहिले उक्त मुर्ती नहटाउन भन्दै हस्ताक्षर अभियान समेत शुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप