शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहेँलो कार्डसँगै गोलको वर्षा : बेल्जियमको सहज जीत

सोमबार, ०४ असार २०७५, २२ : ४७
सोमबार, ०४ असार २०७५

काठमाडौँ । सन् २०१८ को विश्वकपको आफ्नो शुरुवाती खेलमा बेल्जियमले पानामामाथि सहज जीत हासिल गरेको छ ।

समूह जी अन्तरगतको खेलमा रोमलु लुकाकुको दुई गोलको मद्दतले बेल्जियम ३–० गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै ड्राइस मर्टिन्सले उत्कृष्ट भली गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

खेलको ६९ औँ मिनेटमा केभिन डि ब्रुयनाको पासमा लुकाकुले अग्रता दोब्बर बनाए भने खेलको ७५ औँ मिनेटमा एडिन हाजार्डको पासमा उनले अग्रता झनै फराकिलो बताए ।

खेलमा आठ जना खेलाडीहरुले पहेँलो कार्ड पाएका थिए । जसमध्ये ५ पानामा तथा ३ जना बेल्जियमका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप