शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोनल्ड ट्रम्पको घोषणाः नयाँ ‘अन्तरिक्ष सेना’ तयार गर्ने

मङ्गलबार, ०५ असार २०७५, ०७ : ५४
मङ्गलबार, ०५ असार २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखालाई बिस्तार गर्दै ‘अंतरिक्ष सेना’ अर्थात् ‘स्पेस फोर्स’ बनाउन चाहेको बताएका छन् ।  

ट्रम्पले सोमबार देशको सुरक्षाका लागि अंतरिक्षमा अमेरिकाको दमदार र प्रभावकारी उपस्थिती हुनुपर्ने इच्छा व्यक्त गरेका छन् ।

उनका अनुसार यसमा भिन्न सेना हुनेछन् । स्पेस सेनाले देशको सुरक्षा बढाउनुका साथै नयाँ जागिरको अवसर खुल्ने तथा अर्थव्यवस्थामा सुधार आउने उनको तर्क छ ।

रुस र चीनजस्ता अन्य देशलाई सुरक्षित देशको शीर्ष स्थानमा बसिरहेको हेर्न नसक्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले अमेरिका पुनः चन्द्रमामा पुगेर मानिसहरुलाई मंगल ग्रहमा पठाउने तयारीसमेत गर्ने बाचा गरेका छन् ।

ट्रमपले घोषणा गरे, ‘यो निकै महत्वपूर्ण छ । म रक्षा विभाग र पेन्टागनलाइ अमेरिकी सेनाको छैटौं शाखाको रुपमा स्पेश सेना तयार गर्नका निमित्त तुरुन्त काम सुरु गर्न निर्देशन दिन्छु । वायुसेनाबाहेक अमेरिकाको अर्को एक सेना हुनेछ – अंतरिक्ष सेना, जो भिन्न हुनेछ तर वायुसेना समान हुनेछ ।’

ट्रम्पले यो कुरा राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघिको एक पत्रकार सम्मेलनमा बताएका थिए ।

ट्रम्पले भने, ‘मैले डिसेम्बरमा एक ऐतिहासिक आदेशमा हस्ताक्षर गरेको थिएँ । मैले सन् १९७२ पछि अमेरिकीलाई पुनः चन्द्रमामा लिएर जान्छु भनेको थिएँ । यसपटक हामी चन्द्रमामा आफ्नो झण्डा र पाइलाको निशाना मात्र छोड्नेछैनौं । अब हामी लामो समयसम्म त्यहाँ आफ्नो उपस्थिती जनाउनेछौं ।’

‘हामी आफ्नो अर्थव्यवस्थालाई विस्तार गर्नेछौं र मंगल ग्रहमा जानका लागि आफ्नो मिशन सुरु गर्नेछौं । यो वास्तवमा निकै चाँडै हुनेछ ।’

ट्रम्पको बयानले उनी तीब्र गतीमा उदाइरहेको व्यवसायिक ‘स्पेस इन्डष्ट्रि’ सँग साझेदारी गर्ने संकेत दिएको छ ।

उनका अनुसार उनले ‘धनी नागरिक’ को देशको सम्पत्तीको प्रयोग गरेर रकेट लञ्च गर्ने अनुमती दिनेछन् ।

यद्यपी, यो सबै कसरी हुन्छ, नयाँ स्पेस फोर्सको स्वरुप कस्तो हुनेछ र यसले कसरी काम गर्छ, यसबारे अहिले कुनै जानकारी छैन ।

सेनाको एक नयाँ शाखा बनाउनका लागि अमेरिकी कांग्रेसले यससम्बन्धि एक कानून पनि पारित गर्नुपर्छ जसले यो निर्णयलाई बैध मानोस् ।

बीबीसीकी ह्वाइट हाउस संवाददाता तारा म्याकेल्वी उक्त पत्रकार सम्मेलनमा उपस्थित थिइन् । उनका अनुसार डोनल्ड ट्रम्प पूरा भाषणमा निकै खुुसी देखिन्थे ।

उनी भन्छिन्, ‘ट्रम्पले स्पेस आर्मीको कुरा गर्दा त्यहाँ उपस्थित सबैजना अचम्ममा परेका थिए । केही त हाँसेका पनि थिए ।’

यद्यपी, यो कुनै नयाँ सोच भने होइन । यसअघि अमेरिकाका पूर्व रक्षामन्त्री डोनल्ड रम्सफिल्डले पनि सन् २००० मा एक भिन्न स्पेस फोर्स तयार गर्ने प्रस्ताव राखेका थिए तर यसको कुनै निष्कर्ष भने निस्किएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप