बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नरेन्द्र मोदीले विवाह नै गरेका छैनन्’

मङ्गलबार, ०५ असार २०७५, ०८ : २६
मङ्गलबार, ०५ असार २०७५

बीबीसी

मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले आइतबार मध्य प्रदेशको एक गाउँको सरकारी कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई अविवाहित बताएकी छिन् ।

हरदा जिल्लाको तिमारी गाउँको आँगनबाडी केन्द्रमा उनको कार्यक्रमको एक भिडियो सोमबार भाइरल भएको छ । उक्त कार्यक्रममा आनन्दीबेनले त्यहाँ उपस्थित महिलासँग मोदीले विवाह गरेका छैनन् भनेकी छिन् ।

आनन्दबेनले आँगनबाडी केन्द्रमा महिलासँग भन्छिन्, ‘उनले विवाह गरेका छैनन्, यो त तपाईंहरुलाई थाहा छ नि । नरेन्द्र भाइले विवाह गरेका छैनन् । अविवाहित हुँदा पनि मोदीलाई महिला र बच्चालाई कस्तो समस्या हुन्छ, त्यसबारे थाहा छ ।’

आनन्दीबेनको यो बयान बिजेपीलाई असहज बनाउने किसिमको छ किनभने मोदीले बनारसमा नामांकनको शपथ पत्रमा जसोदाबेनसँग उनको विवाह भएको स्विकारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप