मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५७ दलित परिवारलाई जस्तापाता

मङ्गलबार, ०५ असार २०७५, ०८ : ३७
मङ्गलबार, ०५ असार २०७५

डडेल्धुरा - डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । 

डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए । 

दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहरुलाई खरमुक्त घर निर्माणमा टेवा पु¥याउन जस्ता वितरण गरिएको जनाइएको छ । वर्षौंदेखि सञ्चालन गरेको आरन व्यवसाय पनि नियमित गराउनका लागि जस्तापाता उपलब्ध गराई सहयोग गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ । 

भागेश्वर–४, बन्चुल, डुङ्गरीलगायत गाउँका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको हो । उनीहरुको आयआर्जनमा वृद्धि गर्नका लागि र उनीहरुले गर्दै आएको आरन व्यवसायलाई व्यवस्थितरुपमा सञ्चालन गराउन गाउँपालिकाले जस्तापाता वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

आयस्रोत न्यून भएका र वर्षाको समयमा उनीहरुले गर्दै आएको पुख्र्यौली व्यवसायलाई नियमित सञ्चालन गराउनका लागि निःशुल्क रुपमा पाता वितरण गरिएको अध्यक्ष भट्टले जनाउनुभएको छ । 

वर्षात्को समयमा छानोबाट पानी चुहिने समस्या भोग्दै आएकाले गाउँपालिकाले आफ्नो पीडा बुझी जस्तापाता दिँदा दलित परिवार हर्षित बनेका छन् । 

गर्मी र वर्षात्को समयमा व्यवसायसमेत बन्द गर्नुपर्दा खान लाउन पनि समस्या उत्पन्न हुने वडा नं ४ का धने लुहारले बताए । 
जस्ताले घर छाउदा व्यवसाय नियमित सञ्चालन गर्न सकिने लुहारको भनाइ रहेको छ । भागेश्वर गाउँपालिकाले दलित लक्षित कार्यक्रमअन्तर्गत जस्तापाता निःशुल्करुपमा वितरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप